अलकत्रे कालो सडकमा नीलो सर्ने गरी झरी वर्षिन्छ । मनसुन सुरु भएको भने होइन है ! शिरीषको फूलको वर्षा कुनै झरीभन्दा कमको छ र ? तपाईँको काठमाडौंका सडकमा बैशाख-जेठको हप्प गर्मीमा यस्तै निलाम्मे शीतल बटुल्न पाइन्छ । तपाईं यसबेला यो सहरमा हुनुहुन्छ कि हुनुहुन्न कुन्नि, मैले भने सडकको चक्कर मार्दा वरिपरि शिरीषैशिरीषको सरगम बजिरहेको पाएँ । अब त यसपाली यो सरगम पनि सुक्ने बेला भयो । यसैपाली सडक परिक्रमा गर्दा देखिएका नीलाम्मे दृश्य तस्बिरमा कैद गरेको छु -
सयौं पाइलाले किचिने रत्नपार्क यति शीतल देखिन्छ शिरीष याममा
कमलादीस्थित प्रज्ञा भवन परिसरमा फुलेका शिरीष
कमलादीमै प्रज्ञा भवनको पर्खालमा चिया जस्तै पोखिएको शिरीष
राष्ट्रिय सभागृह भृकुटीमण्डपमा नील झुप्पा
घुम्दैफिर्दै बबरमहल पुग्दा झ्याम्म चौतारी
नेपाली सेनाको मुख्यालय हातामा निर्धक्क अकाशिएका गुच्छा
Kathmandu looks better than what it is in your snaps.
ReplyDeleteGreat !
काठमाडौँलाई अझै ताजा रहेको अनुभूति दिने तस्बिर !
ReplyDeleteसबै कुरा ठप्प प्राय भएको शहरमा प्रकृतीले आफ्नो काम भने सुचारु राखेको रहेछ है !
ReplyDeleteसुन्दर तस्बिरहरु !
Blue city huda ta yo sahar yeti priye lagcha ki ma yesmai harauchu...Blueness ma yeuta jadu huncha ani tyo jadu le maan lai sheetalata dincha...
ReplyDeleteदीपक जडितले लेख्यो-
ReplyDelete'शिरीष' धेरैपछिसम्म म शिरीष भन्दा रातो शिरिष मात्र सम्झन्थें । हाम्रोतिर नीलो शिरिष उति नपाईने भएकोले हुँदा होला सायद ।
....मुहारै राम्रो शिरीषै जस्तो..... भन्ने गीत सुन्दा पनि म रातो शिरीष नै सम्झन्छु अझै पनि । अझ काठ्माण्डौको नीलो शिरीषको यामको मजा त मैले लिएकै छैन । वाग्लेको उपन्यास 'पल्पसा क्याफे'मा पनि बबरमहलको अगाडितिरको नीलो शिरीषको जिकिर थियो । त्यो पढ्दा पनि मलाई एकखाले बेचैनी भएको थियो कि काठ्माण्डौको नीलो शिरीषको यामको आनन्द मैले उठाईनछु । गतवर्ष म नेपालमा हुँदा काठ्माण्डौमा नीलो शिरिष फुलेको देखेको हुँ तर त्यसको आनन्द लिएर हिंड्न सकिनं । जे होस् नीलो शिरिषको कुरा जहाँ जसरी आएपनि मलाई बेचैनी हुन्छ । यहि ब्लगमा पनि लाग्यो यो ब्लग लेख्न धाइबाको ठाउँमा
म किन भइँन ?
really great snaps of "sirish"
ReplyDelete