अलकत्रे कालो सडकमा नीलो सर्ने गरी झरी वर्षिन्छ । मनसुन सुरु भएको भने होइन है ! शिरीषको फूलको वर्षा कुनै झरीभन्दा कमको छ र ? तपाईँको काठमाडौंका सडकमा बैशाख-जेठको हप्प गर्मीमा यस्तै निलाम्मे शीतल बटुल्न पाइन्छ । तपाईं यसबेला यो सहरमा हुनुहुन्छ कि हुनुहुन्न कुन्नि, मैले भने सडकको चक्कर मार्दा वरिपरि शिरीषैशिरीषको सरगम बजिरहेको पाएँ । अब त यसपाली यो सरगम पनि सुक्ने बेला भयो । यसैपाली सडक परिक्रमा गर्दा देखिएका नीलाम्मे दृश्‍य तस्बिरमा कैद गरेको छु -

Blue Mimosa1_final

Blue Mimosa2_finalसयौं पाइलाले किचिने रत्‍नपार्क यति शीतल देखिन्छ शिरीष याममा 

 

Blue Mimosa3_finalरत्‍नपार्ककै अर्को झलक

 

Blue Mimosa4_finalकमलादीस्थित प्रज्ञा भवन परिसरमा फुलेका शिरीष

 

Blue Mimosa5कमलादीमै प्रज्ञा भवनको पर्खालमा चिया जस्तै पोखिएको शिरीष

 

Blue Mimosa6_finalराष्‍ट्रिय सभागृह भृकुटीमण्डपमा नील झुप्पा

 

Blue Mimosa7_finalघुम्दैफिर्दै बबरमहल पुग्दा झ्याम्म चौतारी

 

Blue Mimosa8_finalनेपाली सेनाको मुख्यालय हातामा निर्धक्क अकाशिएका गुच्छा

 

Blue Mimosa9_finalप्रज्ञा भवनमै एक दिउँसो