मंगल ग्रहमा पानीको संकेत भेटियो
पृथ्वीमा चाहिं के लोप हुने हो फेरि
प्लटिङ गरिसकियो यता सबै जमिन,
चन्द्रमातिर भाग लाउने हो कि घडेरी !
पृथ्वीमा चाहिं के लोप हुने हो फेरि
प्लटिङ गरिसकियो यता सबै जमिन,
चन्द्रमातिर भाग लाउने हो कि घडेरी !
समस्या एउटा-दुइटा होइन
गरिबी, विभेद र बेरोजगारी
एक घर एक सभासद् भए
ढुक्कको सामाजिक रखबारी !
गरिबी, विभेद र बेरोजगारी
एक घर एक सभासद् भए
ढुक्कको सामाजिक रखबारी !
तिमी फलाम भए प्रिय,
म चुम्बक भएर नजोडिने कुरै भएन
अर्को ध्रुवको चुम्बक भेटिए
ज्यान त्यतै नमोडिने कुरै भएन ।
म चुम्बक भएर नजोडिने कुरै भएन
अर्को ध्रुवको चुम्बक भेटिए
ज्यान त्यतै नमोडिने कुरै भएन ।
कि संविधान कि छोरी देऊ नभन
सभासद्की छोरी झन् मापाकी होली
संविधानसभाको म्याद सारे जस्तै
भन्ली सुहागरात भोलि ! भोलि !!
------------------------------------------------
गाईजात्राको अवसरमा सबैलाई शुभ कामना ।
सभासद्की छोरी झन् मापाकी होली
संविधानसभाको म्याद सारे जस्तै
भन्ली सुहागरात भोलि ! भोलि !!
------------------------------------------------
गाईजात्राको अवसरमा सबैलाई शुभ कामना ।
रमाइलो गाईजात्रे कबिता...तपाइलाई पनि गाईजात्राको शुभकामना..
ReplyDeleteअहो गाईजात्राको रमाईलो शब्दमा पनि रमाईलो छ । गाईजात्राको हाँसुभकामना!
ReplyDeleteकि संविधान कि छोरी देऊ नभन
ReplyDeleteसभासद्की छोरी झन् मापाकी होली
संविधानसभाको म्याद सारे जस्तै
भन्ली सुहागरात भोलि ! भोलि !!
man paryoo...
दुई जोडी टुक्राहरु नै च्वास्स पार्ने खालका तीखा रहेछन् । तपाईंलाई पनि गाईजात्राको शुभकामना ढिलै भए पनि !
ReplyDeleteमंगल ग्रहमा पनि पत्ता लगाउने पनि नेपाली !
ReplyDeleteएउटा संबिधान पनि लेख्न नसक्ने हुतिहारा पनि नेपाली !!
मंगल ग्रहमा पानी पत्ता लगाउने पनि नेपाली !
ReplyDelete६०१ जना मिलेर एउटा संबिधान पनि लेख्न नसक्ने हुतिहारा पनि नेपाली !!