पहिरिएर बालुवाको ओभरकोट
गमक्क गम्किँदै
आएछौ नि हाम्रो बस्तीमा !
जाबो हावा भन्थ्यौ हामीलाई

अब भन,

हत्केलाको लगौँटी बाहेक
के हुनेछ तिमीसँग,
के हुनेछ बाबुसाहेब ?