मे महिनामा CaféKavita को पाँचौं शृंखला पूर्वाञ्चल विशेष कार्यक्रम इटहरीमा सकिएको भोलिपल्ट हामीसँग समय उब्रियो । कम्तीमा दिनभरि । बेलुका त हामीले काठमाडौं फर्किन बस चढ्नुपर्ने थियो ।
इटहरीको गर्मी छल्न भेंडेटारतिर उक्लिने कुरा भयो । ‘एसी काठमाडौं’ छाडेर निस्किएका हामी अलिकता गर्मीले पनि हपक्क पाक्दै थियौं । यस्तो अवस्थामा साहित्यप्रति विशेष चाख राख्ने स्थानीय दन्त चिकित्सक दाइसाथीहरुको ‘भेंडेटार प्रस्ताव’ शीतल थियो ।