तस्बिर: लर्न नेपाली ल्याङ्ग्वेज
भाषा- ना० (सं०) १. मनका भाव या विचार अरूछेउ प्रकट गर्ने सार्थक ध्वनिसमूह; वाणी; बोली । २. व्यक्तिविशेषले लेख्ने र बोल्ने ढङ्ग; शैली । ३. कुनै देशका बासिन्दाले बोलचाल गर्ने साहित्ययुक्त प्रचलित शब्दावली ।
व्याकरण- ना० (सं०) १. कुनै भाषाका शब्द, शब्दका विभिन्न रूप, तिनको संरचनाविधि, वाक्य र त्यसका विभिन्न अङ्ग तथा तिनीहरूको पारस्परिक सम्बन्ध खुट्टयाउनुका साथै शब्द, वाक्य आदिको शुद्ध प्रयोग गर्ने नियमको निरूपण गर्ने शास्त्र; शब्द तथा वाक्यसम्बन्धी नियम र उदाहरणको सङ्कलन गर्ने शास्त्र ।
- नेपाली बृहत् शब्दकोशबाट ।
नेपाली भाषाबारे पछिल्लो समयमा जति अन्योल बढ्दै छ, त्यतिकै मात्रामा यसलाई गौण ठानेर शून्यभावका साथ हेर्ने नेपाली भाषाभाषीहरू पनि बढ्दै छन् । यससँगै एउटा कित्तामा भाषासम्बन्धी चासो र चिन्ता लिएर आफ्नो मौलिकता र पहिचानलाई बचाउने गम्भीर समुदाय पनि एउटा कुनामा छ । कथ्य रूपमा प्रयोग हुँदाहुँदै भाषा र त्यसभित्रको व्याकरणको रूप-ढाँचा लेख्य स्तरमा उत्रिँदा कुरुप र भद्दा बनेको पाइन्छ । कथ्य प्रयोगमा केको ह्रस्व-दीर्घ र अक्षरबनोट र तिनको संरचनागत भेद - धेरैजनालाई भाषाको थोरै अदलीबदलीमै उच्चारणमा देखिनआउने अन्तरबारे हेक्का हुँदैन । कतिपय सचेत भनाउँदाहरू त केलाई भाषा भनिन्छ र केलाई व्याकरण, सजिलै लाटो बनिदिन्छन् । निर्लज्जतावश ।उच्चारणदोषलाई केही गरेर आँखा चिम्लिएर सहन खोजे पनि लेख्य रूपमा व्याकरण र वर्णसज्जाको दुर्दशा कसिंगरसरि नै बिझाउँछ । तिनलाई कुनै पनि बहानामा छुट दिन सकिँदैन । छुट दिएमा फलस्वरूप गलत प्रयोगको अभ्यस्ततासँगै त्यही नै स्थापित र मानक बन्न बेर लाग्दैन । भाषाको सही र छरितो प्रयोग गर्नु त परकै कुरा, सामान्य वर्णविन्यासमै पनि हाम्रा आँखाहरू पुग्न सकेका हुँदैनन् ।
केही समयपहिले वसन्त गौतमजीले आफ्नो ब्लगमा नेपाली भाषाबारे केही कुरा शीर्षकमा लेख्नुभएको गहकिलो लेखोटमा भाषाको जल्दोबल्दो मुद्दा, दुरावस्थाको बढ्दो सम्भावना र भाषागत असावधानीले विश्वव्यापी विद्युतीय माध्यम इन्टरनेटमा देखिएको बिजोगलाई खुलस्त पार्नुभएको छ । यसले पनि ब्लगर र अन्य पाठकीय सञ्जालमा राम्रो रन्थनीको काम गर्यो । मलाई पनि हाम्रो भाषामा रहेका/देखिएका यस्ता पक्षहरू निकै खटि्कएको थियो । भाषिक शुद्धताको कुरो जमघटमा उप्काउँदा धेरैजना यसलाई स्वाभाविक रूपमा 'हो, मेरो निकै गल्ती हुन्छ' भनेर बिना टाउको दुखाइ पेश हुन्छन् भने केही भद्रजन भने शुद्धताको कुरा मूल नभई विषयवस्तु र गुदी कुरामा जानुपर्ने तर्क राख्छन् । हो, मूल कुरा भावार्थमा कसैगरी सम्झौता गर्न सकिदैन । गिरेको घिनलाग्दो विषय लिएर जतिसुकै चिटिक्क भाषा-व्याकरण तुल्याए पनि त्यसले केही माने राख्दैन । समाजमा त त्यस्ताको उल्टो प्रतिकूल छाप पर्छ । तर भाषिक र व्याकरणगत शुद्धता बिनाको चोखो र प्रभावशाली भावधारा पनि जग बिनाको घरसरह हुन्छ । अझ, छँदाखाँदाको मीठो भाषा छाडेर बाउँठो बाटो लाग्नु त भएको खुट्टा नटेकेर बैशाखीको सहारा लरखराउनु बराबर हो । भावको सौन्दर्यमै त्यस्तो फोकाफोकीले हीनताबोध थप्छ र सिङ्गो भाषा ओरालोतिर झर्न त्यस एउटा व्यक्तिले गर्दा चिप्लेटी लहराको काम गर्छ । कुनै पनि कुरामा कमजोरी हुनु र त्यसलाई स्विकार्नु स्वाभाविक पक्ष हो भने त्यसलाई सच्याउने तदारूकता अपनाउनु आवश्यकीय पाटो हो । भाषिक त्रुटिको प्रश्नमा पनि दैनिक बोलचालमा भिजेको र अड्डा-अदालतमा लाई-खाई गर्ने राष्ट्रभाषालाई मूल मर्ममा जोगाउनु सबैको कर्तव्य हो । आफ्नै आँगनको भाषा हुनाले आज नेपाली भाषाले 'नजिकको तीर्थ हेला'को नियति भोग्दैछ । आफ्नै भाषा आउँदैन भन्ने कमजोरी सकार्न हाम्रो अहम्ले पटक्कै दिँदैन । फलत: नजान्नु बन्दा जान्न नखोज्नु ठूलो समस्या भएको छ । विद्वान्हरूको आ-आफ्नै रटले भाषिक एकरूपताको मानक जग पनि नेपालीमा कहिल्यै बस्न सकेन । प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोषलाई वर्णविन्यास, लेख्यरूपको प्रयोगमा अहिलेसम्मकै वैज्ञानिक र मानक मानिए पनि त्यसमा पनि संस्कृतबाट जस्ताको तस्तै आएको तत्समबाहेकका शब्दमा के-कसरी व्यवहार गर्ने भन्नेमा ढुलमुले अवस्था रहेको आरोप औँलिएकै छ ।

भाषा र साहित्यको हुर्मत यस क्षेत्रमै रहेर काम गर्ने, लेख्ने डेढअक्कली वर्गले लिएको देख्दा कतिपय अवस्थामा त धुरुधुरु रुन मन लाग्छ । (कतिपय हामी ब्लगरहरू पनि कम छैनौँ है यस पाटोमा ! शुद्धीकरणको यात्रा सकेसम्म चाँडै थाल्नु बेस ।) अर्कोतिर नेपाली भाषाका स्वघोषित ठेकेदारहरूको एकोहोरो रट, रजाइँ र मूलधारको उपस्थिति देख्न पाइन्छ । तिनैले बर्सेनि पुस्तक निकालिरहेका हुन्छन् । त्यस्ता पुस्तकले भाषा र साहित्यको सेवा, सम्मान गरेर श्रीवृद्धि गर्नमा टेवा दिन्छन् कि उल्टै भाषाको बेइज्जतीपूर्ण अपमान गर्छन्, कतैबाट लेखाजोखा राख्ने काम हुँदैन ।
यसै सन्दर्भमा जिज्ञासु नेपाली भाषाप्रेमी तथा छिपछिपे ज्ञानको पिल्साइमा परेर पनि थप नयाँ जानकारी ग्रहणमा उत्साहीहरूको लागि नेपाली भाषाको लेखाइमा शुद्ध-अशुद्ध केलाएर मीठो नेपाली लेख्न सहयोग पुगोस् भनी एउटा साभार सामग्री Cafe मा टाँसेको छु । व्याकरण र कोशका क्षेत्रमा काम गर्दै आएका चूडामणि गौतम (सम्वत् २०००) ले २०५३ सालमा प्रकाशन गरेको पुस्तिका 'शुद्ध नेपाली लेख्ने यसरी' बाट यसलाई साभार गरिएको हो । नेपाली शुद्ध लेख्न सिक्ने २९ नियम समेटिएको पुस्तिकाको पुछारको पातोमा अनुष्टुप छन्दका ३२ श्लोकमा सबै नियमको सारांश निचोरेर गौतमले राखेका छन् । आशा छ, खिइँदै गएको नेपाली भाषाको लेखाइमा कवितात्मक लहरमा बुनिएका यी नियमहरू हामी धेरैका लागि थोरै भए पनि उपयोगी हुनेछ ।
-----------------------------------------
संक्षिप्त नेपाली शुद्धाशुद्धि ज्ञान
(अनुष्टुप् छन्दमा)
पुरुष नामका अन्त्य लेखिन्छन् इ, उ ह्रस्व नै ।
जस्तै- भाइ, पनाति वा भिनाजु, बाबु ह्रस्व नै ।।१।।
नपुसंक लिंगीको अन्त्य उकार ह्रस्व हुन्छ है ।
जस्तै- आलु, पिंडालु वा गाउँको उ त ह्रस्व है ।।२।।
धातुका अन्त्यमा आउ, नु, आइ प्रत्यय भए ।
नामबाट बनेका भै आइ, याइँ अन्त्यमा भए ।।३।।
भाववाचक हुन्छन् ती अन्त्यमा इ, उ ह्रस्व भै ।
गर्नु-गराइ, दुष्ट्याइँ, सघाउनु-सघाउ झैँ ।।४।।
नपुंसक लिंगी शब्दैको अन्त्य ई दीर्घ लेख है ।
खरानी, पानी वा फर्सी, गाग्रीमा दीर्घ देख है ।।५।।
स्त्रीलिंगी शब्दका अन्त्य ई वा ऊ दीर्घ भैगए ।
बहिनी, सम्धिनी, गाई सासू, भाउजू, झैँ भए ।।६।।
पेशा र जातको अन्त्यमा हुन्छ दीर्घ ई, ऊ नै ।
जस्तै- नेपाली, ज्यापू, भो गुभाजू, घती, नाऊ नै ।।७।।
अन्त्यमा आदरार्थीका ज्यू वा जी प्रत्यय भए ।
दीर्घ हुन्छन् पिताजी झैँ मंत्रीज्यू, दाज्यू नै भए ।।८।।
तद्वित शब्दका भाव, सम्बन्धी तद्भव पनि ।
अन्त्यमा दीर्घ इ हुन्छ गरीबी, बैगुनी, खुनी ।।९।।
सर्वनाम सधैँ दीर्घ इ वा ऊ जे भए पनि ।
तपाईँ, आफू, ती, यी, ऊ मेरी, तेरी र कोही नि ।।१०।।
सर्वनामसँगै अर्को जोडे प्रत्यय शब्दमा ।
त्यो-बाट त्यस्तरी फेरि हुन्छ लौ त्यही दीर्घमा ।।११।।
विशेषण् प्रकरण् हेरी हुन्छन् ह्रस्व र दीर्घ नै ।
गुलीयो-गुलियो, मीठो वा मिठो ह्रस्व दीर्घ नै ।।१२।।
सानू, सानु, ठूलु, ठूलू, दुवै शुद्ध प्रयोग हुन् ।
प्यारमा भनिने सानो ठूलोका न यी रूप हुन् ।।१३।।
संख्याबोधकमा देख्छौँ आदि-मध्यान्त दीर्घ ई ।
तीन, बीस र पच्चीस, साठी, सत्तरी झैँ भई ।।१४।।
अन्त्यमा ई हुने स्त्री वा दुवै लिंग बुझाउने ।
गोरी, नामी, धनी, राम्री, जातीमा सब दीर्घ नै ।।१५।।
दुवै लिंग बुझाउने उ हुन्छ जब अन्त्यमा ।
ह्रस्व हुन्छ घरेलु वा दुधालु र सिकारुमा ।।१६।।
'गरेर बक्सियो' भन्दा लेखिन्छ गरी बक्सियो
'गर्यो'को आदरार्थीमा भैहाल्छ गरिबक्सियो ।।१७।।
लेखी देऊ भने केही 'लेखेर केही देऊ' हो ।
लेखिदेऊ भनेदेखि 'लेख्ने काम गरिदिनु' हो ।।१८।।
लगातार बुझाएमा ह्रस्व वा दीर्घ हुने ।
बोलीरहन्छ वा बोलिरहन्छ दुईमा कुनै ।।१९।।
विध्यर्थ शब्दका अन्त्य ई वा ऊ हुन्छ दीर्घ नै ।
लेख्नु, आऊ, बसूँ, निक्ली, देखून्, होऔली, सप्री नै ।।२०।।
स्त्रीलिंगीका क्रिया अन्त्य हुन्छन् सदैव दीर्घ है ।
आउली, गरिथी, जाली, दिएकी थिई दीर्घ झैँ ।।२१।।
अव्यय शब्दका अन्त्य इकार र उकार छन् ।
ह्रस्व हुन्छन् अगि, पर्सि, निंति, कि, बरु छिः त झन् ।।२२।।
अरी प्रत्यय लागेर बन्ने अव्यय दीर्घ हो ।
जस्तै 'राम्रो गरी' बाट राम्ररी दीर्घ भैगयो ।।२३।।
अरी प्रत्ययको अर्थ दिने अव्यय दीर्घ हो ।
झलझल गरी बनाएमा झलझली दीर्घ नै भयो ।।२४।।
अर्को भाषा जब हाम्रो भाषामा मिल्न आउँछ ।
उही भाषाअनुसार तत्सम शब्द छाउँछ ।।२५।।
शक्ति, रीति, कति विन्दु, वीर, बूट, हजूरमा ।
खुशी, बुद्धि, मुताबिक यस्तै हुन्छ हुकूममा ।।२६।।
व को ब हुन्छ चल्तीमा श, ष को पनि हुन्छ स ।
वास-बास, शीतल्-सीतल, पोष-पोस त बन्दछ ।।२७।।
विभक्ति जतिका चिन्ह जोडेर लेख्नुपर्दछ ।
कृष्णले रामका घरमा मलाई भेट्नुपर्दछ ।।२८।।
भन्दा, चाहिं, पछि, माथि, विना इत्यादि शब्दमा ।
जोडिन्छ पद ऊमाथि, रामचाहिं, सीताविना ।।२९।।
जानेछ यसरी लेखे 'जाला' भन्ने बुझिन्छ नि ।
जाने छ भन्नु हो 'कोही जानेवाला' छ नै भनी ।।३०।।
विभक्ति चिन्ह लागेका शब्दभन्दा पछि कुनै ।
भन्दा, चाहिं, पछि, माथि आए लेख्नु अलग्ग नै ।।३१।।
छुट्टयाई लेख्नुपर्ने हो नै, जस्तो, पनि, ता, भने ।
कृष्ण जस्तो, हरि मात्र, ऊ नै, यसरी लेखिने ।।३२।।

साह्रै समसामयिक र गहकिलो टाँसो राख्नुभयो धाइबाजी, धन्यबाद! चारैतिरबाट नेपाली भाषाको हुर्मत लिने काम भईरहेको छ। शुद्ध नेपाली नजानेपनि अथवा नेपालीनै नजानेपनि हुने धारणालाई बल पु-याइरहेको छ हाम्रो शिक्षा प्रणालीले पनि। यो खडेरीको अवश्थामा हामी सबै मिलेर चिन्ता र चासोका थोपा-थोपा संगालेर, नेपाली भाषाको रसलाई जोगाउन र यसलाई अझ रसिलो बनाउन लाग्नुपरेको छ।
ReplyDeleteतपाईँले अन्त्यमा साभार गर्नुभएको कवितालाई केहि प्रति छापेरै राखें मैले त। कम्प्यूटरको अगाडि पर्नेगरी टाँस्नेछु र ब्लगमा वा अन्त कतै लेख्दा त्यसको निर्देशनलाई सधैं शिरोपर गर्नेछु। यसका लागि धेरै-धेरै धन्यबाद तपाईँलाई।
यो कविताले ८ कि ९ मा पढ्दा नेपाली पढाउने मिस (तत्कालको सजिलोको लागि बोलीचालीको यो शब्द प्रयोग गरिएको हो। )ले सिकाउनुभएको एक टुक्रा याद आयो;
सर्वनाम, विशेषण, कृया, जात, थर
ईकारान्त, जडा, पेशा, पोथी दीर्घ गर!
अन्त्यमा मेरो टाँसोलाई पनि उल्लेख गरिदिनुभएकोमा हार्दिक धन्यबाद!
हद आभारी !
ReplyDeleteम पनि यो वसन्तजी जस्तै माथिको कविता छापेर राख्ने बिचारमा पुगको छु नत्र त आफ्नो पनि भाषा त ...!।
ReplyDeleteधन्यवाद ।
हो धाइवा जी अति अपरिहार्य कुराको जानकारी लिएर आउनुभएछ । दिलिप जी ले भनेझै मैले पनि यो कबितारुपि भाषा शुद्धताको भावलाई कपिगरेरै राखु जस्तो लागीरहेछ । साच्चै हामि आफै नै मुर्ख छौ भाषाको शुद्धताको कुरामा ।
ReplyDeleteयस्को बारेमा एकपटक बसन्त जी को टाँसोमा पनि केहि बहस भएको थियो । अबत लेख्दा पनि मिलाउन नै कोशिस गर्नु नै पर्छ सकेसम्म । धन्यबाद धाइवा जी ।
ब्लगमा लागी परेको त ...आईटी ,बिचार , को ज्ञान मात्र नभएर अब त ..यस्तो भाषा ज्ञान पनी पाइने भो ....एक दम राम्रो ....धन्यवाद !
ReplyDeleteसबैलाई हार्दिक आभार ।
ReplyDeleteभाषालाई काँचै निमोठ्ने काम अझ विश्वसनीय र विकसित भनाउँदा विद्युतीय सञ्चारमाध्यले गरेका छन् । फलस्वरूप सोझा जनमानसमा त्यसैलाई आँखा चिम्लिएर अनुकरण गर्ने खतराको वहाब चलिरहने देखिन्छ ।
तत्कालको निकास हामी एक छेउमा बसेर कलम घोट्नेहरूकै हातमा रहेको छ, सचेत र सावधानीपूरवक अभिव्यक्त हुने । त्यो बाटोमा जाँगर मिलिरहोस् ।
नेपाली भाषाको शुद्धताका बारेमा जानकारी राख्नु भएकोमा धाइबाजीलाई धेरै धन्यवाद। ब्लग र अनलाइन पत्रकारिता साथै नेपाली भाषमा लेखिने विविध खाले लेखनीको विस्तारसंगै नेपाली भाषाको आधारभूत ज्ञानको विस्तार र प्रसारमा जान्नेहरूले प्रयास नगरी भएको छैन । वास्तवमा अहिले हामी भाषिक अराजकताको स्थितिमा नै छौँ । अधिकांशत: हेर्यो भने , नेपालीहरूमा साहित्यको भूत राम्ररी नै सवार छ तर उनीहरूले साहित्य भनेको सामान्य भाषिक ज्ञान र प्रयोगको धरातलबाट माथि उठेर गरिने भाषा र भावनाको सुन्दर र परिष्कृत संयोजनयुक्त प्रयोग हो भनेर हेक्का राकेको पाइँदैन ।
ReplyDeleteनेपाली भाषा र र व्याकरण अनि एकरूपताको कुरा गर्दा यो भाषिक अराजकता नेपाली भाषाका स्वनामधन्य विद्वानहरूबाट शुरू भएको हो । कुनै बेला नेपाली भाषा र व्याकरणको स्तरयुक्त मापन निर्धारण गर्न भनेर, भाषा र साहित्यको ठेकेदारी सम्हालेको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ( अहिले 'राजकीय'हटेको संस्था )ले स्तरीकृत् व्याकरण लेख्ने जिम्मेवारी सम्हाल्यो र रोहिणी भट्टराईको प्रधान सम्पादकत्वमा त्यो जिम्मा दियो । तर जो विद्वानहरू त्यो समितिमा परेननन् तिनले त्यो लेखन र सम्पादन समितिको खूबी र क्षमतामाथि प्रश्न उठाए । फलत:त्यो वृहद् व्याकरणमा प्रस्ताव गरिएका व्याकरण र भाषिक नियम प्रयोगका मानकहरूमा अर्काथरिले बिरोध जनाए र आ-आफ्ना डम्फू पिटीरहे । यसका एक जना अराजक बिरोधीका रूपमा डाक्टर ताना शर्मा थिए भने , अरू सबै जसो स्वनामधन्यहरूले पनि अरूको डाह गर्दै आफ्ना तानाबाना बुनिरहे । फलत: नेपाली भाषमा शुद्धाशुद्धीको एउटा स्तरीय मानकको अबाव बनिरह्यो । यो एउटा सानो उदाहरण मात्र हो ।
तर, अहिले आएर त यो स्थिति बडो अराजक र दु:खद बनिसकेको छ ।
हामी कलेज पढ्ने ताका नेपाली गुरूहरूले , साझा प्रकाशनको गरिमा , गोरखापत्र प्रकाशनको गोरखापत्र , मधुपर्क आदि पत्रिकालाई शुद्ध नेपाली भाषा प्रयोगको आधिकारिक उदाहरण मानेर त्यो अनुकरण प्रयोग गर्नमा जोड दिन्थे । तर , पछिल्ला राजनीतिक परिवर्तनको असर कस्तो बनेछ भने यी पत्रिका र प्रकाशनमा त राजनीतिक नियुक्तिको बाटोबाट आएकाहरूको हालीमुहाली हुन गएर होला यिनका प्रकाशनहरू अशुद्धीका उदाहरण पो बनेछन् । पछिल्लो पटक , यी प्रकाशन पढ्दा मैले त्यही अनुभव गरेँ ।
साँचो भन्ने हो भने मैले नेपाली भाषा प्रयोग गर्नेहरू मध्ये १०% भन्दा कमले मात्र नेपाली वर्णमालाका अक्षरहरूको सही पहिचान गरेका होलान् कि भन्ने ठानेको छु । जब वर्णमाला ज्ञानको स्थिति यस्तो होला अनि अलिक माथिल्लो स्तरको वर्णविन्यास र शुद्धाशुद्धीको हालत के होला कल्पना गर्न सकिन्छ । नेपाली वर्णमाला ज्ञानको एउटा आलेख मैले दौँतरीमा राख्ने छु छिट्टै । तपाईँको प्रयासका लागि धन्यवाद ।
जोड दिन खोजेको शुद्धाशुद्धी कुनै संस्कृतका आचार्य गुरूको पाण्डित्याइँ नभएर सामान्य रूपमा ध्यान दिनु पर्ने स्वीकारयोग्य भाषिक प्रयोगको विषय हो । अन्यथा नलागोस् ।
ReplyDeleteधाइबा ! गजब काम !
ReplyDeleteधाइबा ! गजब काम !!
ReplyDeleteशुद्धाशुद्धी सिक्न चाहनेहरुका लागी जडिबुटी नै दिनु भएकोमा मुरी मुरी धन्यवाद ।
ReplyDeleteअहिले भाषाको क्षेत्रमा सङ्कटकाल लागेको छ । भाषामा एकरुपता छैन । कुन प्रयोग गर्ने भन्ने बारेमा सबैको फरक फरक दृष्टिकोण छ । जस्तो 'बीच' र 'बिच' कस्तो लेख्ने भन्ने बारे दुई थरी मत छ ।
ReplyDeleteबैय्याकरण त कामचलाऊ भयो, अब 'वाक्यगठन' कसरी गर्ने भन्ने पनि टाँस्ने हो कि?
ReplyDeleteएकदम कामलाग्दो जानकारी ।
ReplyDelete