Subscribe:

Ads 468x60px

06 August 2011

बल्छी #NotPoem

Bhrikuti

मणि हराएको सर्प जस्तो
किन एकसुर छ मन ?

कसले च्यात्यो सात चिरा इन्द्रेणी,
किन छ यति सादा मौसम ?

निराशा आफैं चकित पर्ने गरी
यो नौजवान
किन छ यति गलित र थकित ?

जिन्दगीको लमतन्न सडकमा
आमाले कति बालिन् होला दीर्घायुको बाती
यता आफ्नो छाती भने
फुकिरहेछ आयु छटपटीमा ।

मैं हराएको हुँ कि
म जस्तो जवान सपना हराएको हो,
खोजिरहन्छु सहरको बगरमा 
धुलोका कणहरूसँगै उडिरहन्छु ।

थाप्नुपर्छ रे जिन्दगीमा बल्छी
जोहो गर्नुपर्छ रे सक्दो धेरै सिकार 
हेर्छु पृथ्वीको कुण्डमा -
मैं जस्तो देख्छु हरेक चेहरा
चिन्तन होइन चिन्ताको बल्छीमा
फाल हान्छ एउटा चंगा बिहान
डुब्छ एउटा वृद्ध साँझ ।
-------------------------------
(Photo : Kalpana Rai)

3 comments:

  1. अकबिता भने पनि कबिताकै ज्यान छ यसमा | आत्मबोधतिर ताकेका आँखाहरु तस्बीरमा यस्तै देखिने होलान नि |

    ReplyDelete
  2. मैले पनि गतिलो कविता पढेँ, सोचिंन है किन कविता होइन भनिएको तिर ।

    ReplyDelete
  3. तस्वीरभरि मौनताको रँग कस्ले पोत्यो?
    कविता होइन भनेर यो कवि किन बोल्यो?

    ReplyDelete