हाँसो र खित्का ओठबाट ताछिएर इन्टरनेटको च्याट एप्लिकेसनभित्र ‘स्माइली’ र 'इमोजी'मा खुम्चिएको समय हो यो। आजका मान्छेहरू सायद हाँसोको कुरा बढी गर्छन् र हाँस्छन् चाहिं कम। यस्तो वेला आफूले खिचेका फोटोहरूको अर्काइभ खोतलेर मुस्कान सिरिज तयार पार्दै छु।
खासगरी पोट्रेट फोटोग्राफीमा रमाउँदै आएको छु। मान्छेका मुहारमा तैरिएको र सिङ्गो शरीरले बोलिरहेको भाषाको भाव उतार्न निकै मजा लाग्छ। खुसी, पीडा, बेचैनी, विस्मात्, उत्साह लगायतका भाव पोखिरहेका अनुहारले ती मान्छेको जिन्दगीको पछिल्लो कथा भनिरहेको हुन्छ।
नेपालीहरू सीमित स्रोत-साधन र अभावमा पनि ‘सन्तोकी’ भनेर चिनिन्छन्। दुःखलाई छातीमा सिएर मुस्काइरहेका हुन्छन्। दैनिक १७ सयभन्दा बढी नेपाली युवा विदेशिनुलाई त्यही हाँसोको खोजी मान्नुपर्छ। हामी नेपाली मेकअप बिग्रेला र मुखका कुनामा मुजा बस्ला वा दुख्ला भनेर नहाँसी बस्नेमध्येमा पर्दैनौं। सानै कुराले ओठ खुल्छन्, आँखा तान्किन्छन्। अस्थिर राजनीतिले मक्किएको देशमा सबै क्षेत्रमा बेथिति-अव्यवस्था भए पनि हिलोमा फुलेको कमल जस्तै हामी सबथोक सहेर, पचाएर, चित्त बुझाएर बाँचिरहेका छौं । हाँसिरहेका छौं।
मुस्कान र हाँसो सिरिजका यी तस्बिरलाई यही कुराको सूचक मानौं। विभिन्न समयमा आफ्नो गाउँघरका साथै फरक गाउँठाउँ पुगेका वेला खिचिएका यी तस्बिरमा मुस्कानदेखि खित्कासम्मको आयतन नापिएको छ।
र अन्त्यमा, यसमा पनि हाँसोको थोपा चुहिएको देखें मैले
5 Comments
हरेक अनुहारमा मुस्कानको बहार , एउटा निस्छल भावना । वाह
ReplyDelete"हाँसो र खित्का ओठबाट ताछिएर इन्टरनेटको च्याट एप्लिकेसनभित्र ‘स्माइली’ मा खुम्चिएको समय हो यो ।" घातक लाइन छ सुरुमै ।
ReplyDeleteखत्रा फोटोग्राफी theme :)
ReplyDeleteवास्तवमा भन्नु पर्दा मुस्कान एक सरुवा रोग हो । तर यसले हानी होइन् बरू फाइदा नै गर्छ । र यो यस्तो सौंदर्य प्रशाधन हो जति बढी प्रयोग गर्यो त्यति नै मुहारमा निखार ल्याउँछ ।
ReplyDeleteयी तस्वीरमा भएका सबै मुस्कानले थप मुस्कानका तह थप्दै गए र यी हरफहरू लेखिरहँदासम्म म पनि मुस्कुराइरहेकी छु र आशा छ यिनीहरूको जस्तै निश्चल मुस्कान मेरो मुहारमा पनि सजिरहने छ । :)
Some of them are really cute and the last one is the most cutest :). Reminded me my childhood. :D
Good job. Hope to see more smiles in coming up day... Keep going..... :)
आफू पनि यसरी नै हाँसिरहनु.... :)
ReplyDelete