August 30, 2016

'वारि जमुना'को बिदाइ

शुक्रबार साँझ अन्तिम सास छाडेका लोकगायक खेमराज गुरुङ आइतबार पशुपति आर्यघाटमा खरानी भएर उडे । अब जनमानसमा उनका गीतका तरंग बाँकी छन् । जुन हावाकै काँध चढेर एक कान दुई कान मैदान उडिरहनेछन्।

खेमराजको पर्याय हो ‘वारि जमुना पारि जमुना’ गीत । यही पूर्वेली भाकाबाट उनले डेढ दशकअघि देश-विदेश नै गुञ्जायमान पारेका थिए।

चार वर्षअघि उनीसँग विशेष रुपमा भेट्ने चाँजो मिलेको थियो।

April 12, 2016

‘जदौ’को एकान्तबास

Yagyanidhi-1

खोटाङ जिल्लाको पहाडी पाखोमा एउटा केटो घाँस-दाउरा र गोठालो जाँदा गाउँदै-नाच्दै हिँड्थ्यो । १६ वर्षे पट्ठो उमेरसम्म पनि गाउँका लोकगीतेहरूसँग कम्मर मर्काउँदै रमायो ऊ।

बोल बोल बोलीको रसैले
बोली टिपी लाँदैन कसैले ...

यस्ता भाका अझै मनमै अल्झिएर बसेका छन्, त्यो केटोको टाठो बोली भने अहिले छिप्पिएको उमेरसँगै मधुरो भएको छ। कुनै समयमा रेडियो तरंगबाट नेपालै गुञ्जायमान पार्ने दाहाल यज्ञनिधि पछिल्लो समयमा आफूभरिको गुनगुनमा सीमित बनेका छन्। रेडियोको साहित्यिक कार्यक्रममा 'जदौ' भनेर झर्रो नेपालीमा कविता-गीतका गेडा केलाउने र निम्तारुलाई सिर्जनामा आवाज दिन लगाउने रेडियोकर्मी अहिले निकै टाढा छन् रेडियोदेखि। 

February 19, 2016

सडक यात्रा

Sadak-Yatraरिवर्तन कसलाई मन नपर्ला र! यथास्थानमा जमेर, पछाडि गुडुल्किएर बस्न कसलाई पो मन लाग्ला! तर पहिलेकै अँध्यारो समयको परावर्तन जस्तो भइदिएपछि परिवर्तन भन्नु पनि सधैं राम्रो र सुखद मात्र हुन्न रैछ भन्ने थाहा हुन्छ।

राजन्त्रलाई बिदा गरेर मुलुक लोकतान्त्रिक गणतन्त्रमा आएपछि धेरै कुरामा परिवर्तन देखियो। सारमा होइन, रूप पक्षमा। फिल्मको नाम त फेरियो, कलाकार पुरानै प्रजातिका। पहिले चर्चा गरिएको एउटा भिलेनको ठाउँमा दर्जनौं भिलेनले कब्जा जमाए। सबका सब विभिन्न गौंडामा देशको चीरहरण गर्ने दाउमा हात लम्काइरहेका।

आम जनताको बुझाइ यही हो।