
फुच्चा गोडा, बलेंसी र पानी बालापनमा
छप्ल्याङछुप्लुङ नाङ्गाबुङ्गा नानी बालापनमा ।
काले थियो लुरी, दोर्जे, माइली सबै थिए,
सिङ्गै टोल लाग्थ्यो राजधानी बालापनमा ।
लुगा सिउने कान्छा दाइको टालाटुली चोरी,
पार्थ्यौं ठिक्क बेउला-बेउली छानी बालापनमा ।
फकाउन मिठाइ दिए पढ है भनेर,
सरको अघि बन्थ्यौं सारै ज्ञानी बालापनमा ।
बुढा-बुढी, चोर-पुलिस अनेक खेल थिए,
जे खेले'नि बाङ्गो थिएन बानी बालापनमा ।
5 Comments
धाईबाजी ,
ReplyDeleteसाह्रै सुन्दर गजल । यो गजलको सुन्दरता बयान गर्न सायदै असमर्थ हुन्छु म यो छोटो प्रतिक्रियामा तर माथी तपाईंले नै भन्नुभएको बुनोट चित्तबुझ्दो हुनसकेन भन्ने कुरा पहिले थाहा पाएर होला मेरो आँखाले दुई ठाउँमा असजिलो महसुस गरे र यहाँ खुलाउनुलाई धर्म ठानेको छु यो पाप नबनोस् ।
पहिलो ठाउँ - दोश्रो शेरको 'मिसरा ए उला'मा काले थियो लुरी थिई माइली सबै थिए, भएको ठाउँमा थिईले ओगटेको दुई अक्षरको शट्टामा अझै अर्को थप बाल सखा/सखीको नाम पढ्न मन लाग्यो । यस्तो भनौं न काले थियो लुरी , सेती , माईली सबै थिए , नभन्दै काले माईली त हरेक गाउँघरमा नहुने कुरै भएन मेरी यौटी बाल सखी चैं यहि गजलका कान्छाबा कि छोरी लुरी पनि थिई - साँच्चै माटोमा धुलोमा लडिबुडी गर्न मन लाग्यो यहाँ नेर पुग्दा त ।
र अर्को चाँही - मक्ताको 'मिसरा ए उला' मै गेयात्मकता अलि भत्किएको महसुस् भयो । यहाँ पनि मैले लेखेको भए चक्लेट दिँदा फकाउँदै पढ है भनेर , पार्ने थिएँ जस्तो लाग्यो । बढ्ता जान्ने हुन खोजेको दुस्साहस प्रति पुन क्षमा माग्छु ।
खेल्ने, डुल्ने, रमाउने सबै बालापन हो ।
ReplyDeleteउमेर छिप्पिगए पनि बच्चा हुने मन हो ।
पाठकलाई बलापनको संस्मरणत्तर्फ फर्काउन सक्ने मिठो गजल ।
ReplyDeleteतपाईको गजल ले मन लाइ चंगा झै रोमान्चकारी बनाई उडाउछ ।
ReplyDeleteहे भगवान् मेरो पनि सुनेदेऊ कुरा
ReplyDeleteएकैछिनलाई भएपनि जानी(जाने) बालापनमा