यही त हो मुश्किल
तिमी धनी छ्यौ ।जाडोमा मेरो
शक्तिहीन स्वेटर
र गर्मीमा सयौँ घामपानीले रेटेको
चाल्नोसमान छाता
तिमी देख्दिनौ
यही त हो मुश्किल
तिम्रो झ्याल नम्बर एकमा
छ ढकमक्क पर्दा,
र म चोरेर पनि एक पलक
पाउदिनँ हेर्न तिमीलाई ।
सिमाना-सिमानामा
खोस्रिइँदै बग्ने देश,
जहाँ-
तिम्रो शयनकक्षमा
अनेकौँ अत्तरको गुम्फन झैँ
कति-कति लडाइँहरू छन्
अँगारी तिम्रै केशसमान
गुच्छागुच्छा दौडटोलीहरू छन्
देखेर पनि नदेखिने झ्याल
कतिन्जेल कुरिरहनु,
यही त हो मुश्किल
तिमी झुल्किने आसमा बारम्बार
यो बिहान
त्यो बिहान
झ्यालको डाँडामुनि
म पाले भइरहेँ ।
छुन्छ लाली रङ्गले
तिम्रो नौनी ओठ
कडा किलिपले करप्प कन्सिरी सम्हाल्छ,
उसरी त म
कहाँ चुम्बक भएँ र तिमीसँग ?
धुवाँदार मोटरले सडकमा
जसरी धावा बोल्छ
उसै गरी त तिमी के बोल्छ्यौ !
ओ महारानी हजुर,
हावा छेक्ने / घाम थुन्ने
त्यो महसुर पर्दा
झ्यालको खुला आँगनमा
कति डलरमा रोप्यौ ?
किन्छ्यौ गाढा मखमली पर्दा
सजाउँछ्यौ शीतल झ्यालभरि
यही त हो मुश्किल
तिमी धनी छ्यौ,
यति मुश्किल-
तिम्रा आँखामा नै
चिम्म ढकनीहरू छन् ।
***
सरल अनि सुन्दर कविता !
ReplyDeleteकैलेकाहिँ मलाई कवितामा ठुलो भ्रम उत्पन्न भए जस्तो , कविता ठ्याप्पै बुझ्न नसके जस्तो अथवा बुझ्नुपर्ने भन्दा अलि बढ्तै बुझ्न सके जस्तै स्थिति आइपर्छ जस्तो कि यहि 'पर्दा'ले अनौठो पर्दा हालिदियो मेरो पाठकिय आँखिझ्यालमा । त्यसो त कविताको बहाव निक्कै मनपर्यो ।
ReplyDeleteयही त हो मुश्किल
ReplyDeleteतिमी झुल्किने आसमा बारम्बार
यो बिहान
त्यो बिहान
झ्यालको डाँडामुनि
म पाले भइरहेँ ।
र यो प्रतीक्षा धाइबाजी, कविताको नायकसंग मात्र हैन जहीं तही छ ।
र पर्दा छोप्ने मनहरु चुपचाप छन, यहि त हो मुश्किल ...
कबिता अत्यन्तै राम्रो छ | आफ्नो मनमा उठेका छटपटी र उद्वेलनहरुलाई निकै सुंदर ढंगले चित्रण गर्नुभएको छ धाइबाजीले | पर्दा छिट्टै खुलोस भन्ने शुभकामना !
ReplyDeleteKasto expressive poem....
ReplyDeleteThere is difference in love....khas ma maya ma yesto hununaparne ta hoina...
The poem is lovely as always ;)
मिठास मा बगेका शब्दसहित कोरिएको मायालु कविता अत्यन्तै मनपर्यो मलाई पनि । यो केफमा पाइने परिकारको मज्जै अर्कै ।
ReplyDeleteकतै सरल कतै बुझ्नै नसकिने... तर जति बुझिन्छ त्यतिमा पनि कविता सुन्दर छ |
ReplyDeleteधाईवाजी कविता पनि बुझ्न मुस्किल छ जति पर्दावालिलाई बुझ्न गारो छ | तर पनि उसलाई हेर्नमा जति लेखक आकर्षित भएर प्रयत्न गरिरहन्छ त्यत्तिकै आकर्षण कविताले दिईरह्यो | लेकाली चौरमा शारदीय घाममा बसेर ढुंगाले ओखर फोर्दै खाए झैं आनन्दको लहर फैलीरह्यो | लाग्यो यो पर्दावाली अचेल अलि बढ्तै गर्दैछे | तर पनि गालि गर्न पटक्क मन परेन !!!!
ReplyDelete