गजल लेख्नुमा सुरुमा मजा थियो, जुन बेला लेख्न सुरु गरियो । जब कविता लेखनतिर हात हालियो, तब त्यो मजाको वेग कविताले नै उठायो । मूल विधा पनि तबदेखि कविता नै बन्यो । अरुलाई पनि यस्तै हुन्छ कि क्या हो, ? मेरो सरसङ्गतिमा रहेका गजल र कविता दुवै लेख्नेहरूले भने मैले जस्तै तृप्तिको फरक तह अनुभव गरेको सुनाएको पाएको छु ।
र पनि गजल विधागत लेखनीको हिसाबले पहिलो प्रेमको रूपमा सम्हालिँदै-सुमसुम्याइँदै आइयो । र गेयात्मकतामा जुन सुरमय तरङ्ग दिन्छ गजलले, त्यो त कवितामा सम्भव छैन । अर्कोतिर मात्रा, मिटर र साँघुरो आयाममा खुम्चिनुपर्ने काफियासंसारको सीमा हुँदाहुँदै पनि भावगत र वैचारिक प्रखरता दिन गजल हच्किँदैन । यसैले गजलहरू आजसम्म पनि लेखिँदैछ- उता हिन्दी र उर्दू साहित्यमा; यता नेपाली, भोजपुरी, मैथिली, नेपाल (नेवारी) आदि भाषाभाषीमा । फाट्टफुट्ट अङ्ग्रेजीमा पनि लेखिन थालेका छन् पछिल्लो समयमा गजल ।
तर गजलको जगले पक्की घरको स्वरूप गायनमा अभ्यस्त तुल्याएपछि नै लिनेछ । अचेल राजधानीमा हुने गजलका विविध कार्यक्रम, गजलकृति विमोचन आदिमा गजलकारहरू नै गुनासो र खिन्नता पोख्न थालेका छन् - 'गजल लेखेर भविष्य छैन । जथाभावी गजल लेख्नेहरूले गजलको मानमर्दन गरे ।' खास गरी, साहित्यिक ओजबिनाको लेखनी गजलतिर ल्याएर रचनात्मक पाइन देखाउने हूल देखेर र अपेक्षाकृत साङ्गीतिक गजलको जमजमाहट नदेखेर अत्यास मानेका भेटिन्छन् खास गजल-साधकहरू ।

कुनै पनि रचना स्वाभाविक रूपले सर्जकले आफ्नो आत्मानन्दलाई तौलिँदै लेख्छ, त्यसमा सामाजिक दायित्वको पनि पारख गर्दै जिम्मेवार मन-मगजले गुदी कुरो हाल्दै जान्छ । गजलमा पनि त्यस्तै हो । मायाप्रेम र भक्तिभावबाट लेख्न सुरु गरिएको नेपाली गजल-लेखन आज विविध विषयवस्तुमा फैलिएको पाइन्छ । बिस्तारै पङ्ख हाल्दैछ, समयको लगानी आवश्यक छ यसले एउटा रचनागत मूलबाटो बनाउन ।
त्यसअघि त यस्तै फुटकर लेखनमा अलिअलि मजा लिने न हो ! यसपाली यस्तै एउटा फुटकर मजा :
भो नगर्नू कुनै डाह अलिअलि बाँचेँ
बाँच्नै थियो आगो चुम्दै जलीजली बाँचेँ ।
यौटा आँखा अर्को आँखा कति प्यारा आँखा,
आफ्नै आँखा त्यतै नाच्दा गलीगली बाँचेँ ।
हिँड्दाहिँड्दै जिन्दगानी भयो कछुवा झैँ,
घडीसँगै सुस्तसुस्त चलीचली बाँचेँ ।
दुनियाँमा तगारोले जाने ठावैँ छैन,
थुनिएर श्वासको यो नलीनली बाँचेँ ।
वाण हान्ने प्यारा वैरी यतै सामु आऊ,
हान तारो आदतै भो छलीछली बाँचेँ ।
gajal mitho chha, sabbhanda chahi yo sher man paryo.
ReplyDeleteवाण हान्ने प्यारा वैरी यतै सामु आऊ,
हान तारो आदतै भो छलीछली बाँचेँ ।
अति मिठो अनि मन जित्ने गजल धाइबा जी ।
ReplyDeleteमन छुने गजल हामी माझ share गरिदिनुभएकोमा धन्यवाद धाइवा जी लाई..
ReplyDeleteसाँचो भन्नु पर्दा निकै लामो बिसौनिपछी फेरी लेख्न सुरु गरें फाट्ट्फुट्ट त लेख्ने गर्थे तर् निरन्तरता चाहिँ दियकी थिइन त्यसैले साहित्यमा त्यति धेरै ज्ञान नभएपनि तपाईं मित्रहरुको सहयोगमा धेरै कुराहरु जान्ने, बुझ्ने मौका पाएँ । गजल बिधामा भर्खरै हात हालेर सिक्ने प्रयास गर्दैछु र गजल सिर्जना गर्दा मैले जाने अनुसार त्यती पोख्त नभएपनि यसका नियम र परिधिहरुभित्र रहेर रचना गर्नु पर्दा कहिलेकाही निस्ससीए झै अनुभब हुन्छ कवितामा झै स्वतन्त्र उडन पाइदैन यधपि यसका पनि आफ्नै बिम्ब र प्रतिकहरु छन नै तर मिठासमा चाँही दुइमत छैन ।
धाइबा जी , केहि समय पछि गजल पढ्ने मौका पाइयो । सबै सेर मीठा छन् तर चौथो सेर चाहि कता कता अलि अमिल्दो लाग्यो । अन्य सेरहरु को तुलनामा ।
ReplyDeleteपृष्ठभूमि चित्त बुझ्दो लाग्यो | गज राम्रो छ त्यसमा पनि अन्तिम शेर बढी शक्तिशाली लागे |
ReplyDeleteराम्रो गजल! गेयात्मकता पनि यथेष्ट छ जस्तो लाग्छ।
ReplyDeleteतपाईँले माथि पोख्नुभएका विचार/अनुभव मसंग पनि केहि मिल्दा लागे। गजलले उच्चकोटिको सौन्दर्यचेत र शब्दशिल्पको माग गर्छ। हामीकहाँ साधना भन्दा फेशनको हिसाबले लेख्दैछन् धेरै मानिसहरु। यस्तोमा गजलमाथि धेरै अन्याय हुनु स्वाभाविक हो।
गजललाई न्याय गर्न नसकौंला भन्ने डरले गर्दा मैले त गजल लेख्नै छोडिदिएँ:)
वसन्तजीले भन्नुभएझैं प्रचुर गेयात्मकता पाएँ मैले नि यो गजलमा र शेरहरु खुब स्वादले जमेका छन् । चौथो र पाँचौं शेरले त आगै बालेको छ ।
ReplyDelete'...थुनिएर श्वासको यो नलीनली बाँचेँ ।...' - वाह ! वाह !
धाइबाजी
ReplyDeleteतपाईंको गजल त राम्रो छंदैछ, गजल सम्बन्धी लेख पनि राम्रो लाग्यो | गजल पढ्न खूब रमाइलो लागेपनि लेख्ने काम चाहिं आफ्नो वशमा छैन भन्ने मेरो ठहरमा कहिल्यै परिबर्तन आउला कि, थाहा छैन | कारण हो, नियम पुर्याएर लेखेर पनि मनको भावलाई अचम्मै गहिरोसँग ब्यक्त गरिएको देख्छु गजलमा | Gazals are big puzzles for me.
पछारिन्छ,फेरी उठ्छ,मेरो साइतको घडा
ReplyDeleteथाहा छैन कतिपटक ढली ढली बाचें ...
शब्द र गयात्मकताले आगो बालेको छ त्यसैले होला पीडै पिडाको कुरा सुन्दा नि दुख लागेन | गजल शक्तिशाली बनेको छ |
ReplyDelete