गाउँको ठेगाना त सधैँ मनमै हुन्छ थातथलो छाडेर आफू जहाँ पुगिएको होस् , फरक यति हो - जीवनरफ्तारको क्रममा धेरैजसो त्यो ठेगाना छोपिएरै रहन्छ, बेलाबेलामा त्यो ठेगाना अनपेक्षित रूपमा प्रकट हुन्छ । अचाक्ली राप बोकेर । यसबीचमा भर्खरै केही समय फेसबुकमा कविताको अविरल वर्सात् गरियो, पढ्नेलाई फुर्सद नहुने गरी ;) दैनिकजसो केही न केही टुक्रा लेखेकै हुन्थेँ । यसो गर्दा आफूलाई ब्युँताइराख्ने बहाना मिल्ने रहेछ । तिनै फेसबुक-कविताको लहरबाट एउटा छाल यहाँ फ्यालेको छु । गाउँमा शीर्षकको कविता :
कोठेबारीमा
लहराउँदै होला भोक
हरियो उल्लासमा
लहराउँदै होला भोक
हरियो उल्लासमा
खोल्सा नाघेर सु्त्केरी वन बिरालो
गरिरहेकी होली
पीडाको पूकार
गरिरहेकी होली
पीडाको पूकार
फुक्दैफुक्दै
पिढीँ
बरण्डाका भुइँ
र बुइँगलका कुनाकानी
बाफिलो हावाले
छाम्यो होला पालैपालो -
असुरक्षा
वेदना
र खुत्रुकेको नाभीसम्म गाडिएको खिन्नता
सुनसान कोठाको बाकसमा
रोयो होला घर
भिजायो होला
पैँताला जत्रो जम्मै आँगन
शीतले भर्यो होला
बाटोभरिको सिउँदोमा
ओसिलो सिन्दूर
पिढीँ
बरण्डाका भुइँ
र बुइँगलका कुनाकानी
बाफिलो हावाले
छाम्यो होला पालैपालो -
असुरक्षा
वेदना
र खुत्रुकेको नाभीसम्म गाडिएको खिन्नता
सुनसान कोठाको बाकसमा
रोयो होला घर
भिजायो होला
पैँताला जत्रो जम्मै आँगन
शीतले भर्यो होला
बाटोभरिको सिउँदोमा
ओसिलो सिन्दूर
आँपगाछीमा
कसका लागि फल्थे आँपहरू
फले होलान् परदेशीका थकथकी
झुले होलान्
घरबूढा र आमैका सुस्केरा
कति हरायौ-हरायौ...
यसपालि त आउनू है !
यसै गरी तिमीले अह्राएकी थियौ,
म त आइनँ नै
न त आउँछु भन्ने नै खबर पायौ,
न आउँदिनँ भन्ने नै शून्य भाव
कसका लागि फल्थे आँपहरू
फले होलान् परदेशीका थकथकी
झुले होलान्
घरबूढा र आमैका सुस्केरा
कति हरायौ-हरायौ...
यसपालि त आउनू है !
यसै गरी तिमीले अह्राएकी थियौ,
म त आइनँ नै
न त आउँछु भन्ने नै खबर पायौ,
न आउँदिनँ भन्ने नै शून्य भाव
र पनि
घामको बाफले रातिँदै
मुस्काइरहेकी हौली तिमी
गाउँ त्यसैत्यसै
धपक्क उज्यालो होला ।
घामको बाफले रातिँदै
मुस्काइरहेकी हौली तिमी
गाउँ त्यसैत्यसै
धपक्क उज्यालो होला ।
( गाउँसँगको बिछोडमा यादैयादमा बहकिएर लेखिएको कवितासँगै राखिएको आँपगाछीको तस्बिर भने पोहोर-परारकै हो, उदयपुरमै खिचेको ।)
Tapaiko 'Bihana' bhanne kabita pani jyadai sundar thiyo facebook status madhye ko.
ReplyDeleteNeedless to say, tapaiko gazab fan bhako chu ma !
गहकिलो शब्दमा कोरिएको सुन्दर कविता ।
ReplyDeleteसुनसान कोठाको बाकसमा
ReplyDeleteरोयो होला घर
भिजायो होला
पैँताला जत्रो जम्मै आँगन
शीतले भर्यो होला
बाटोभरिको सिउँदोमा
ओसिलो सिन्दूर
आँपगाछीमा
कसका लागि फल्थे आँपहरू
फले होलान् परदेशीका थकथकी
झुले होलान्
घरबूढा र आमैका सुस्केरा malai manparyo kabita!!!!yaad yestai hunchha!!!
धाइबा जी - तस्विर देख्दै ...भोकको बेला दिनभरी आपको बोटमा चढेर मस्तले पाकेको आप खादै बसेको बेसरी याद आयो ! कस्तो मुखै रसायो !
ReplyDeleteगाउघर सम्झदै कति मन हलुका हुन्छ ... अनि एक प्रकारको आनन्द आउने है ! त्यसमा अझ पहिलाका (बाल्यकालका ) कुराहरु सम्झेर बस्नु पर्छ ... कता हराइन्छ कता !