सुत्केरी जस्तै छ बिहान
सहन्छ तड्पन !
भर्खरै त
जन्माएको छ रक्ताम्य सूर्य
लोलाउन मन होला
छानाभरिको बिछ्यौनामा
जिउ केस्राकेस्रा फुकाउँदै
उसका लागि -
यही फाट्दै गरेको कुहिरो
मखमली बर्को
फूल र पातहरूका गहमा
अधैर्य टलपलाएका शीत
ज्वानोको झोल
चक्कीचक्की बादल
उसको नाबालक सूर्यको
हट घोडा हट
सुत्केरी जस्तै यो दिन
सिकसिको बोकेर छातीभरि
जानेछ भरेतिर पारि डाँडामा
धुनेछ रातो लुगा
यस्तो दिनमा
तिमी पनि
ढिली-ढिली हुँदैछौ एकदम
परै छु, हेरिरहेछु
लाग्छ
तिमी पनि कुनै तयारीमा छौ
हाम्रो आकाशको काख पनि त
ताछिएको निधार जस्तै
खाली खाली छ ।
पहिले कतै पढेझैं लाग्यो । कता हो याद भएन । तस्विरपनि पहिले देखे जस्तै लाग्यो । फेसबूकमा ? हो कि? होईन होला- ब्लग नै पहिले पसेजस्तै लाग्यो भन्यो भने चैं हाँस्नुहोला । कविताको नाडी छामेर चाल ठम्याउन सकिँन होला तर तपाईंको कलमको स्वाद उस्तै छ ।
ReplyDeleteआहा..क्या कविता
ReplyDelete