“ह्याप्पी बर्थ डे”, कनीकुथी फोनमै फुसफुसाइन्। आमाको निरक्षरता मलाई बिझ्दैन कहिल्यै, उनको हार्दिकता र ममतामा सिङ्गो विश्वविद्यालय प्रकट भएर आउँछ। त्यसबाट म झन्-झन् दीक्षित हुँदै छु।
पहिलेको जन्मदिनमा साथ रहेका धेरै कुरा अहिले साथमा छैनन्। गडगडाएको खहरेले फेदीमा आएपुगेर अँगालोबाट फ्याँकेको दाउरा र मुढा जस्तै छुटेका छन् कुराहरू। अब आउँदो जन्मदिनको स्वागत गर्न लाग्दा निश्चय पनि अहिले साथ रहेका धेरै कुरा म सँग हुने छैनन्। जीवन क्षणभङ्गुर छ, यसैले भनिन्छ।
जन्मदिनको शुभ कामना दिने सबै आत्मीय साथीहरूलाई धन्यवाद। साथीहरू छन् र धनी भएकोमा खुसी हुन पाइएको छ। अन्त्यमा, केही दिनअघि लेखेको एउटा कविता राखेर बिदा हुन्छु।
-- आनी --
टाँगेर चिवरमा सिङ्गै आकाश
कता बढ्दैछ गुलाबी यात्रा
नसोध्नू उसलाई
उसको मुडुलो टाउकोमा
हतारिँदै घुमेको कस्तुरी देखेर
कसलाई लाग्यो रिँगटा,
चकमक घोटिएर सल्किएको
धपक्क मुहारमा परेर
को क्षणमै जल्यो र तडि्पयो -
छैन हिसाब
कता बढ्दैछ गुलाबी यात्रा
नसोध्नू उसलाई
उसको मुडुलो टाउकोमा
हतारिँदै घुमेको कस्तुरी देखेर
कसलाई लाग्यो रिँगटा,
चकमक घोटिएर सल्किएको
धपक्क मुहारमा परेर
को क्षणमै जल्यो र तडि्पयो -
छैन हिसाब
सडकमा ट्राफिक जाम चिर्दै
खुल्न सक्छन् जीवनमा
झ्याल र ढोकाहरू
एक्कासि बढ्छन्
आहाल बस्न थालेका धड्कनहरू
सम्हालिँदै छुकछुकाउँछन्
श्वासनलीको लिकभरि
खुल्न सक्छन् जीवनमा
झ्याल र ढोकाहरू
एक्कासि बढ्छन्
आहाल बस्न थालेका धड्कनहरू
सम्हालिँदै छुकछुकाउँछन्
श्वासनलीको लिकभरि
छातीको खोपमा
शान्तसित उसले पालेको जोर परेवा
अँटाउँदैनन् कुनै मुठीमा,
कतै आसपासमा
बहुलाएको भीड
घाटका एक्ला रुखहरू
तलाउको एक कुनामा कुहिएको कमल
सबैसबैको लाग्छ माया
शान्तसित उसले पालेको जोर परेवा
अँटाउँदैनन् कुनै मुठीमा,
कतै आसपासमा
बहुलाएको भीड
घाटका एक्ला रुखहरू
तलाउको एक कुनामा कुहिएको कमल
सबैसबैको लाग्छ माया
किन रुँदैनन् यहाँका मान्छे
किन छैन फुर्सद
एक फाँको हाँस्न
राख्न मन छ उसलाई प्रश्नहरू
हरेक बुद्धका आँखा-आँखामा
किन छैन फुर्सद
एक फाँको हाँस्न
राख्न मन छ उसलाई प्रश्नहरू
हरेक बुद्धका आँखा-आँखामा
चिवर ओढेकी सुन्दरी
ठमठम बढिरहेकी छे
चिराचिरा कालो पृथ्वीलाई जोड्दै ।
ठमठम बढिरहेकी छे
चिराचिरा कालो पृथ्वीलाई जोड्दै ।
5 Comments
धाइबा जी ... यहालाई जन्म दिनको हार्दिक मंगलमय शुभ कामना !
ReplyDeleteसधै फलोस फुलोस - हरियाली भै रहोस जीवन ! धन्यबाद !
फेरी पनि शब्द को जादुगरी....
ReplyDeleteम लठ्ठिदै छु !
आहा ! साँच्चै शब्दको जादु नै हो जस्तो लाग्यो मलाई पनि ।
ReplyDeleteजन्मदिनको शुभकामना !
धाइबाजी को ब्लगमा नआएको धेरै भएको हो कि ब्लगको शिर्षक नै फेरिएको हो? जे जसो भए पनि जन्मदिनको
ReplyDeleteशुभकामना । कपालमा सेतोपन कमहोस,अनुहारमा खुसी र उमंग छाहोस। जन्मदिनको शब्दजाल रमाइलो लाग्यो। अहिलेलाई बिदा,जदौ।
janmadin ko subhakamana!!! kabita mann paryo.शान्तसित उसले पालेको जोर परेवा
ReplyDeleteअँटाउँदैनन् कुनै मुठीमा,
कतै आसपासमा
बहुलाएको भीड
घाटका एक्ला रुखहरू
तलाउको एक कुनामा कुहिएको कमल
सबैसबैको लाग्छ माया ....khelne thau chha yeha..