निकैपछि गजल राख्दैछु ब्लगमा । डोरिन त प्राय: कवितामै डोरिन्छ र रमाउँछ मन । तर समय र सरसङ्गतिका हिसाबले गजल पनि सुरुवातदेखि नै लेख्ने भएकाले चटक्क माया मार्न सकिन्न र बेलाबेला ‘फुरिहाल्छ’ :-)
केही अगाडि अपूरो छाडेको गजललाई काठमाडौँको व्यस्त तर मस्त ठाउँ वसन्तपुरतिर टहलिन गएका बेला निकै गमेर पूरा गरेँ । आज यही गजल धेरै पर्खाइपछि भेटिएकी प्रेमिका जस्तै लाग्यो र ब्लग मार्फत घुम्टो खोल्न हतार लागेर यहाँ टाँसेँ ।
कुन कुरा यहाँ पालना भएको छ र
साकार कहिले सपना भएको छ र ?
जसरी घरधुरीको लगत राखिन्छ,
दु:खहरूको खै गणना भएको छ र ?
रौंचिरा गर्दै अरूका दोषहरू खोज्दा,
कसलाई आफ्नो सम्झना भएको छ र ?
मैले उसलाई हेर्दा के सम्हालिनुपर्ला,
माया कहिले पो वासना भएको छ र ?
बाँध बाँध्दाबाँध्दा हत्ते हुन्थ्यो, थाहा पाउँथ्यौ,
तिम्रो आँखा त्यस्तो झरना भएको छ र ?
बाँध बाँध्दाबाँध्दा हत्ते हुन्थ्यो, थाहा पाउँथ्यौ,
ReplyDeleteतिम्रो आँखा त्यस्तो झरना भएको छ र ?
सार्है मीठो शेर !
मानव जीवनमा दु:खहरु गणना गरेर साध्य नै रहेन अब .... हरेक प्रहरको सुनामिहरुले हजारै चोट दिएर जाने गर्छ ...हरेक जुग /समयमा !
ReplyDeleteनयाँपन बोकेको गजल । कुनै गजल पढ्दा लाग्छ, यो कहिँ कतै पढिसकिएको कुनै गजल हो । तर यो गजलमा पृथकपन छ , अनि वास्तविक पनि ।
ReplyDelete3rd ra 5th sher gajaba lagyo. Joddar!!!
ReplyDelete