मुलुकमा भ्यागुता जस्तै उफ्रिने आर्थिक क्रान्तिको खाँचो छ भन्ने ‘आर्थिक कमरेड’ बाबुराम भट्टराई भ्यागुता जस्तै उफ्रिएर कार्यकारी प्रमुखको कुर्सीमा पुगेका छन् । मुलुक त्यो उँचाइमा नपुगे पनि एउटा कुशल नेतृत्त्व ठीक ठाउँमा पुग्यो भन्ने चर्चा यतिबेला चौतर्फी छ । मुलुकलाई माथि तान्न पहिले आफैं माथि पुग्नुपर्छ भन्ने बुझ्नुपर्ने हो कि ? यस हिसाबले प्रधानमन्त्रीमा बाबुरामको आगमन आवश्यक थियो । तर सतिको सराप परेको देशमा राम्रा मान्छे टिक्दैनन्, अनेक दाउपेचले उसलाई असफल तुल्याइन्छ भन्ने जनबोली सधैं सुन्न पाइन्छ । त्यसो त अहिले सुनिँदै आएको जनबोली अनुसार, बाबुरामले पनि देशमा केही गर्न सकेनन् भने अब कसैको आश रहनेछैन, कसैले गर्न सक्नेछैनन् । जनचाहनाको यति उँचो चाङले किचिएका छन् बाबुराम । शान्ति, संविधान, आर्थिक विकास, रोजगारी, सुरक्षा लगायतको चटारो छ । संक्रमणकालीन समयको नाममा यतिविघ्न लगामविहीन छाडिएको छ मुलुक, यसो हेर्दा शून्यदेखि सुरुवात गर्नुपर्ने अवस्था छ । र यसका लागि, दल, गुट वाद र आस्थाको सीमा हटाएर व्यक्ति र उसको योग्यतालाई पारख गरेर भूमिका थमाउनु जरुरी भइसकेको छ । यसको सुरुवात बाबुराम भट्टराईको आगमनबाट भएको छ ।
‘जनताबाट लिएर जनतामा देऊ’ भन्ने माओ-वाणी यिनले पक्कै बुझेका छन् । सामान्य अवस्थामा पनि महिनाको एक पटक आफ्नो गृहजिल्ला गोरखा पुग्ने हुटहुटी भट्टराईमा त्यही वाणीले भरेको हुनुपर्छ । तर अब गोरखा जाने फुर्सद कत्तिको पाउलान् उनले, गोरखामा मात्रै सीमित नभई समग्र मुलुकको कित्ता-कित्तामा नजर पुर्याउनुपर्ने दुरबीन यिनको हातमा आइपरेको छ । योग्य र राम्रा मान्छेले अवसर पाउनुपर्छ, बाबुराम त्यही लिकमा उभिएका छन् । तर राम्रो र प्रभावकारी काम गर्ने उनको चाहनासँगै काम गर्न दिने वातावरण पनि आवश्यक हुन्छ । नत्र दौडमा भाग लिएको धावकलाई छिर्के हान्ने लुते प्रतिस्पर्धी त जुनसुकै मैदानमा हुन्छन् । राजनीति झन् कति घिनलाग्दो खेलमैदान हो,व्याख्या गर्नु पर्दैन । यस्तो मैदानको सरसफाइमा बाबुरामको पाइला असरदार बनोस्, यही कामना छ ।
संविधान सभा निर्वाचनमा मुलुकभरिबाटै सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएपछि । गोर्खा क्षेत्र नं. २ बाट निर्वाचित उनले कुल ४६ हजार २ सय ७२ मत प्राप्त गरेका थिए ।
आशा छ, तर सिस्टम लाई तोड्न उनलाई धेरै गाह्रो छ।
ReplyDeleteaafnai party ra satta sajedhar bata kattiko sahayog hunchha tesaima nirbhar hunchha unko safalta.
ReplyDeleteधेरैलाई हेरियो । कसैले एक्लो साहसले केही फेरेनन्, प्रयोग पनि गरेनन् । जे थिए तिनैलाई चलाए । डा. भट्टराइको सुरूआतको समय छ । त्यसैले सकारात्मक आस राखौ ।
ReplyDeleteAs @bhim said in previous comment, no one dared to do innovative experiment.
ReplyDeleteThe expectation of jumping into progress is immense.
I also had a similar piece, back in the days when BRB was finance minister.
http://ajabgajab.blogspot.com/2008/10/quantum-theory-of-economics-global.html