मुलुकमा भ्यागुता जस्तै उफ्रिने आर्थिक क्रान्तिको खाँचो छ भन्ने ‘आर्थिक कमरेड’ बाबुराम भट्टराई भ्यागुता जस्तै उफ्रिएर कार्यकारी प्रमुखको कुर्सीमा पुगेका छन् । मुलुक त्यो उँचाइमा नपुगे पनि एउटा कुशल नेतृत्त्व ठीक ठाउँमा पुग्यो भन्ने चर्चा यतिबेला चौतर्फी छ । मुलुकलाई माथि तान्न पहिले आफैं माथि पुग्नुपर्छ भन्ने बुझ्नुपर्ने हो कि ? यस हिसाबले प्रधानमन्त्रीमा बाबुरामको आगमन आवश्यक थियो । तर सतिको सराप परेको देशमा राम्रा मान्छे टिक्दैनन्, अनेक दाउपेचले उसलाई असफल तुल्याइन्छ भन्ने जनबोली सधैं सुन्न पाइन्छ । त्यसो त अहिले सुनिँदै आएको जनबोली अनुसार, बाबुरामले पनि देशमा केही गर्न सकेनन् भने अब कसैको आश रहनेछैन, कसैले गर्न सक्नेछैनन् । जनचाहनाको यति उँचो चाङले किचिएका छन् बाबुराम । शान्ति, संविधान, आर्थिक विकास, रोजगारी, सुरक्षा लगायतको चटारो छ । संक्रमणकालीन समयको नाममा यतिविघ्न लगामविहीन छाडिएको छ मुलुक, यसो हेर्दा शून्यदेखि सुरुवात गर्नुपर्ने अवस्था छ । र यसका लागि, दल, गुट वाद र आस्थाको सीमा हटाएर व्यक्ति र उसको योग्यतालाई पारख गरेर भूमिका थमाउनु जरुरी भइसकेको छ । यसको सुरुवात बाबुराम भट्टराईको आगमनबाट भएको छ ।
Baburam Home @ Gorkha Belbasबाबुराम जन्मेको गोरखा बेलबासको खोप्लाङ गाविसस्थित घर

‘जनताबाट लिएर जनतामा देऊ’ भन्ने माओ-वाणी यिनले पक्कै बुझेका छन् । सामान्य अवस्थामा पनि महिनाको एक पटक आफ्नो गृहजिल्ला गोरखा पुग्ने हुटहुटी भट्टराईमा त्यही वाणीले भरेको हुनुपर्छ । तर अब गोरखा जाने फुर्सद कत्तिको पाउलान् उनले, गोरखामा मात्रै सीमित नभई समग्र मुलुकको कित्ता-कित्तामा नजर पुर्‍याउनुपर्ने दुरबीन यिनको हातमा आइपरेको छ । योग्य र राम्रा मान्छेले अवसर पाउनुपर्छ, बाबुराम त्यही लिकमा उभिएका छन् । तर राम्रो र प्रभावकारी काम गर्ने उनको चाहनासँगै काम गर्न दिने वातावरण पनि आवश्यक हुन्छ । नत्र दौडमा भाग लिएको धावकलाई छिर्के हान्ने लुते प्रतिस्पर्धी त जुनसुकै मैदानमा हुन्छन् । राजनीति झन् कति घिनलाग्दो खेलमैदान हो,व्याख्या गर्नु पर्दैन । यस्तो मैदानको सरसफाइमा बाबुरामको पाइला असरदार बनोस्, यही कामना छ ।

बाबुरामका जीवन झलकसम्बन्धी तस्बिरहरू हेर्न भित्र आउनुस् :

SLC Board First baburam 1970एसएलसीमा बोर्डफस्ट भएपछि गोरखाको लुईँटेल स्कुलमा अभिनन्दन समारोहपछि (बीचमा हाफ प्यान्टमा)
At School 1970सन् १९७० मा लुईँटेल स्कुल बाहिर
२०५८ भदौमा रोल्पाको खरिबोटमा आयोजित जनछापामार सेना, नेपालको प्रथम राष्ट्रिय भेलामा सम्वोधन गर्दै क. बाबुराम भट्टराई‘जनयुद्ध’ताका २०५८ भदौमा रोल्पाको खरिबोटमा जनछापामार सेनाको भेलामा
After CA Electionसंविधान सभा निर्वाचनमा मुलुकभरिबाटै सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएपछि । गोर्खा क्षेत्र नं. २ बाट निर्वाचित उनले कुल ४६ हजार २ सय ७२ मत प्राप्‍त गरेका थिए ।
PM_BaburamBhattarai1भदौ ११, २०६८ मा ३ सय ४० सभासदको समर्थन पाएर मुलुकको ३५औं तथा पाचौं कम्युनिस्ट प्रधानमन्त्रीमा निर्वाचित भएपछि ।
PM Baburamनेपाली उत्पादनलाई बढावा दिने सिद्धान्तअन्तर्गत नेपालमा बनेको मुस्ताङ गाडी रोजे प्रधानमन्त्रीले ।