मखमली गोरेटोलाई
पिस्दै जान्छऽऽऽ
यो घुँडाको टायर
यो बाटोमा
थारुवानको बयलगाडा अँटाउँदैन
लिम्बूवानको टमटम त झन्
उत्तानो टाङ पर्न खोज्छ
टिक्दैन मेरै पैंतालामुनि यो मूल सडक
पचास माना घ्यूमा
तातो डाडु डामे जस्तो हुन्छ
चप्पलको वाहन छ सुरेली खेल्न
पचासौं कोस बुर्कुशी मार्न तयार छु
हिँड् चप्पलबिनै भने पनि
फुटेको पैंतालाभरिको एक पत्र
चप्पल बराबर छ
कम्ता हिंड्नु छैन यो बाटो …
राज्य-राज्य
दैलो-दैलो
मान्छे-मान्छे
सबै-सबैले
नयाँ परिचयको निम्ता दिइरहेछन्
यो डोकोमा
परिवर्तनको डाँक छाँट कसेर लैजानु रे !
सत्ताकुमारीलाई अनैतिक गर्भाधान गराउनेलाई
यो लौरीले
तेर्सैतेर्सो छुलुक्क मुताउँदै लघार्नु रे !
त्यसै बेरोजगार कहाँ हिँडेको छु र
चुनौतीको लोकसेवा आयोगले
थमाएको छ निकै सुहाउँदो पद
अहो हो ऽऽऽ
कम्ता हिंड्नु छैन यो बाटो …
वाह कविज्यु! मानें मैले !
ReplyDeleteTouchy..
ReplyDeleteदुखी देशबासीको मर्ममा डुबुल्की मारेको छ यो कविताले |
ReplyDeleteकम्ता हिंड्नु छैन यो बाटो …
ReplyDeleteकविता पढ्नुको असली मज्जा चाख्दै छु ..........Really enjoyed Bro !!
ReplyDeleteयो लेखाईको बान्की अनि घुमाउरो झटारो गज्जव लाग्यो मलाई त!!
ReplyDeleteचप्पलको वाहन छ सुरेली खेल्न
ReplyDeleteपचासौं कोस बुर्कुशी मार्न तयार छु
छोयो छुन सम्म
ReplyDelete