लामो समयपछि ब्लगमा झुल्किँदैछु । रहर लाग्दालाग्दै, मन-मगजमा कुरा खेल्दाखेल्दै लेख्न नसक्नु/नपाउनु बडो पीडादायक हुन्छ । सचेत प्राणी भएको नाताले मानव मन-मस्तिष्कले सधैं केही न केही भावना र विचारको गर्भाधान गरिरहेको हुन्छ । त्यस्ता भावना-विचारले निकास पाएन भने प्रसव पीडाले रन्थनी छुट्छ र मानसिक दुर्घटनाबाट गुज्रिनुपर्छ ।
यस हिसाबमा हामी भावना र विचारको गर्भ बोकेर एउटा-एउटा निकास (चाहे त्यो सामान्य र नियमित काम होस् कि गतिलो सिर्जना) को दौडमा आजीवन लम्किरहन्छौं । यसर्थ हाम्रो यो यात्रा मधुमास नै हो । तर यहाँनेर मैले मानवीय मधुमासको कुरो गर्न लागेको होइन । हरेक प्राणीको मधुमास हुन्छ, मधुमासकै बगैंचामा तिनको अस्तित्त्वको कोपिला लाग्छ र फुल्छ । हालै गृहजिल्ला उदयपुर जाँदा प्रकृतिको काखमा यस्तै मधुमासको शीतल ओढिरहेका फट्याङ्ग्रा जोडीहरूसँग जम्काभेट भयो । खेतभरि पहेंलपुर धान झुलेको समय, कतै धान काट्न खेताला लागेका छन् । कतै भने धानको बोझ घरमा थान्को लगाउने चटारो छ । धानखेत नियाल्दै हिंडिरहँदा आलीभरि फट्याङ्ग्राको जुलुस कुनै उत्सव मनाए झैं उफ्रिन्छ ।
तस्बिरमार्फत तिनको गोपनीयता मैले यहाँ भंग गरें, पाप नलागोस् । फट्याङ्ग्राको मधुमासको तस्बिर हेर्न भित्र आउनुस् -
तस्बिर ठूलो पारेर हेर्न तस्बिरमै क्लिक गर्नुहोला ।
Ha ha ... very nice Thaiba Ji !
ReplyDeleteको आयो डिस्टर्व गर्न भनेर रिसाएछको जस्तो छ फट्याङ्ग्रो...:P मन छोयो मेरो ।
ReplyDeleteफट्याङ्राधिकार हनन् भ'को त हैन नि !! " :))
ReplyDelete......धेरैले बेवास्ता गर्ने साना र सुक्ष्म कुराहरु पनि चाखलाग्दो गरी पस्कने धाइबाको बिशेषता नै हो।
मधुमास को एक उत्कृष्ट नमुना प्रस्तुत गर्नु भयको मा धन्यवाद
ReplyDeleteपहिलो तस्वीरमा भट्मासलाई पो फट्याङ्ग्रा सम्झिरा'को एकछिन त मैले । विरानो हुँदै ग'का आली कान्ला फट्याङ्ग्रा सम्झाईदिनुभयो । फट्याङ्ग्राले आशिक दिउन तपाईंलाई ।
ReplyDeleteमधुमास वास्तवमै नौलो अनुभुती गर्ने समय हो अब त मङ्सिर पनि लाग्यो मित्र किरा हरु मात्र हैन................
ReplyDelete