यो छातीको गिटार जलिरहँदा
नाचिरहेकी हुन्छौ,
कुन धुनले पो फुक्छ तिम्रो खुसीको मुरली ?
मैं डुबेको इनारमा
घाँटी-घाँटी आएको पानीमा
दिनहुँ तिमी ऐना हेर्छौ
तौलिन्छौ सिन्दूरी जोबन
फाटेको चौबन्दी पनि लालीगुराँस हाँस्छ !
सम्झनाको ढुंगाले अझै ताक्छ निशाना
म भइरहेको हुन्छु शीशा
कुल्चिँदै जान्छौ तिमी
कुर्कुच्चाको आँखाले हेर्दै अलप हुन्छौ
त्यो बैंसको करुवामा
लमतन्न झुन्डिएर
कसैले गरिसक्यो आत्महत्या,
आधा ग्लोब – दुइटा
कसैले खोस्रिइसक्यो त्यहाँ पनि
जैविक तेलकुवा वा मादक खजाना
बिहेअघि बिदाइमा
जसरी रोएकी थियौ शिष्टाचार आँसु
अहिले हाँसोको त्यस्तै निर्जीव जालो छ
फैलिँदै फाट्छ
फाट्दै फैलिन्छ
तिमी त अब
अर्कैको नासो
अर्कैको चासो
मेरो लागि केवल यादको पासो
बिहेपछि पनि केको अलमल हो यता ?
किन सरक्कै छाडेर जाँदिनौ आफ्नो नयाँ घर ?
राम्राे कविता ।
ReplyDeleteSplendid..as always... sarai sundar lag6n tapaikaa bimbaharu...
ReplyDelete{है? त्यै त । जानुपर्ने हो नि । गाल पार्न किन देखिएकि होलिन् यता?}
ReplyDeleteमिठो कविता तर पुछारमा निष्ठुरी बन्दाखेरका कुराहरु बेस्वाद लागे ।
so nice creaTION................CONTINUE THE SAME
ReplyDeleteDherai maan 6une Kabita...............
ReplyDeletekabita ma tanav chha.dhaibaji ko sailigat jatilta dekhinchha yesma pani.taipani sakesamma bujhda kabita mann paryo la.
ReplyDeletewooooow.
ReplyDelete