सात फेरो

Womenचुरालाई पखेटा बनाउँदै
उडाएँ मैले तिमीतिर
जिन्दगी जस्तै प्यारो हात
बोकेर ल्याएँ
कहिल्यै सन्नाटा नछाउने घर
आफैंलाई सौगात बनाएर सुम्पिएँ,

तिमीले दियौ
एउटा पलङ
पलङको आधा हिस्सा
र दस्तखत चलाएर सग्लो मेरो आङमा
दियौ बलात्कारलाई संस्थागत स्वरूप ।

Post a Comment

5 Comments

  1. सम्बन्धलाई अलग अलग कोणबाट अलग अलग आँखाले हेर्न सकिने है? खैर यो भै परि आएको अवस्थामा कवितामा तिखो उनिएको छ ।

    ReplyDelete
    Replies
    1. आम वैवाहिक जीवनलाई यो आरोपित गरेको होइन । जीवनसाथीलाई माया दिने सूचीभित्र प्रकृतिको त्यो उपहार पनि पर्छ । तर कतिपयले त्यो सौगातलाई विष बनाउने गर्छन् गृहस्थमा । यसैको एक झलक हो यो कविता ।

      Delete
  2. तिख्खर...सँधै त यस्तो नहोला ।

    ReplyDelete
  3. पढ्दै जाँदा सानो कविताले नै मनका सबै भाव एक्कैचोटि तरङ्गीत गर्‍यो । लेख्न चाहीँ केही नलेखौँ क्यार ( यही लेखि सकेँ फेरि :)

    ReplyDelete
  4. AnonymousJune 28, 2013

    कविता कठोर भनौ वा सहज...यो भोगाई चै पक्कै कठिन हुँदो हो ।

    ReplyDelete