
यतिबेलाको यही शान्तिको सर्वप्रियता र महत्तालाई तीन टुक्रामा जोखाना हेरेको छु:
प्रधानमन्त्रीको शान्ति
अफिम रोप्न निश्चित रूपमा फूल फाँडिन्छ यहाँ
हाम्लाई लाइराछ मर्नुअघि नै मान्छे गाडिन्छ यहाँ
अलि बिस्तारै कपाल कोर न ए हिसिला मैचा,
चायाँ झर्छ अनि शान्ति प्रक्रिया भाँडिन्छ यहाँ!
राष्ट्रपतिको आत्मशान्ति
भात के थपिन्छ र, त्यति म्याद थपिन्छ जिन्दगीमा
परामर्शको धपेडीले जाडोमा गर्मी खपिन्छ जिन्दगीमा
भैंसीदेखि कुर्सीसम्मको आसनले यस्तो आदत बनायो,
लोक नै डुबे’नि लोकतन्त्र लोकतन्त्र जपिन्छ जिन्दगीमा।
जनताको महाशान्ति
कोही टाउकाको मोल तोक्नेलाई ठटाउने भन्छन्
कोही पुरानो घाउ व्यर्थै किन कन्याउने भन्छन्
कसको कुरा सुन्ने अनि कसको कुरा मान्ने अब,
कोही चाहिं देश बेचेर राष्ट्रियता भित्र्याउने भन्छन्।
4 Comments
No words to comment ...awesome writing...keep it up brother
ReplyDeleteविष्फोटक !
ReplyDeleteतीन टुक्रामा तीन त्रिलोक आटाएको छ !!
daami 6
ReplyDeleteतिनै शान्ति मनपरे।
ReplyDeleteहरेक वाक्य फरक र स्वतन्त्र रुपमा स्वाबलम्बी काव्य छन् । :) मिट्ठो!