Jotare Dhaiba
Where words smile ...
Pages
facebook
X
instagram
threads
Home
December 30, 2013
आमा र आँसु
जबजब सहर आउँछिन् आमा
दिक्क मान्छिन् छोराको कोठामा -
काले, किन धोइराख्छस् रुमाल ?
सधैं चिसाको चिस्सै !!
सिकसिको लाग्दैन, हँ ?
धन्न बचिन्छ !
हुँदैन आँसुको कुनै गन्ध
आमाहरु झुक्किइराख्छन्
हामी पनि कमका छैनौं
आमाको पछ्यौरा ठूलो ओसिलो रुमाल हो
पत्तै पाउँदैनौँ ...
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment