Art : Smita Urunkar |
माया बिस्तरामा छ अचेल
भन्छ - खुब बिरामी छु !
गुजुल्टो परेको छ सिरकमा
छैन तर नातागत रत्तिभर
मागिरहन्छ माछाको टाउको
पानी जस्तै पिउँछ दूध र अनारको रस
च्याप्छ सिरकको आकृति
बेलाबेला पिङको झट्का लाउँछ
स्याँस्याँ गर्छ
भन्छ - मुटुको भिरबाट लडेर आइपुगें यहाँ
माया खुब बिरामी छ !
लालिमा यसलाई पो भन्छन् । क्या छ यार बिम्ब!
ReplyDelete