१० जुलाई बिहीबारको कुरा । मार्टिन चौतारीको आँगनमा कैलाशजी भेटिनु भयो । फिडेल क्यास्ट्रोमाथिको ओलिभर स्टोनको डकुमेन्ट्री फिल्म Comandante हेर्न बिहीबारे शृङ्खलाको बहाना चौतारीले जुराएको थियो । कैलाशजी चौतारीकै एक सदस्य-अनुहार । उहाँको अनुहारिक हिस्सी कैलाशको कुटी ब्लगमा जस्तै वास्तविक दुनियाँमा पनि सादा-सरल खुलेकै छ । धेरैधेरै मनहरूमध्ये कैलाशजी पनि मेरो एउटा शुभेच्छुक मित्र । विशेषतः ब्लगको संसारमा फैलिएसँगै उहाँको हितैषी सामीप्यता मैले पाउन थालेँ ।
शुभेच्छासाथ कैलाशजी ब्लगबारे सुझावको स्वर दिनुहुन्छ-
'ब्लगको नाम किन हाम्रो LiFe ? किन यस्तो अङ्ग्रेजीको लेपन ?'
र अहिले नाम फेरेर पनि फेरि ब्लगको नाम नेपाङ्ग्रेजीमा 'CaFe मङ्गलम्' पाउँदा उहाँ सायद दङ्ग हुनुहुन्छ होला ।
अनि कहिले फेरि भन्नुहुन्छ -'धाइबा, कलेज-कलमको प्रोमोलेवल तपाईँको ब्लगमा राख्न पाए क्या झकास् देखिएला है !'
उता बारबार उहाँको प्रशंसाभरित गुञ्जन भेटैपिच्छे म सुन्न पाइरहन्छु । बोल्नुहुन्छ- 'जम्दै छ तपाईँको ब्लग....जम्दै छ ।' म उहाँको 'जम्दै छ' कथनलाई जमाइको गतिहीन ढिक्काको अर्थमा बुझ्दिनँ, बरु बुझ्छु- हिउँचुलीझैँ उँचाइ लिनुमा । तर त्यति साह्रो त होइन है कैलाशजी ! म बढ्तै बेलुन हुन बेर छैन, कहाँ पुगेर श्वास फुस्किन सक्छ के ठेगान !
कैलाशको कुटी ब्लगमा उहाँको बस्तीभित्र पस्दा एउटा ग्रामीण शीतलताको लाभ लिएजत्तिकै मजा पाइन्छ । विशेषगरी, 'गाँठे' थेगोले उहाँको अभिव्यक्ति-लहरमा चटक्क चटनीको काम गर्छ । र पाठक त्यही 'गाँठे' शब्दकै मिठासँगै समग्र खुराकतिर लहसिँदै बढ्छ ।
चौतारीको लघुहलमा फिल्म सकिँदा एकैसाथ फिल्म हेरिभ्याएको उल्लास र फिल्मबाट मुक्ति मिलेको खुसियाली मनाइँदै थियो । कैलाशजीको दर्शन मिल्यो । पछिल्लो भेटमा पनि उहाँसँग उभिँदाउभिँदै गफको वेग बढ्यो । त्यस वेगमा अवश्य पनि ब्लगको बात नघुस्ने कुरै थिएन । उहाँको ओठ फेरि चले- 'जम्दै छ तपाईँको ब्लग...।' सुनेर रमाउन खोजेँ, तर त्यसको परिभाषित आधारभूमि फेला नपारेर अझै उहाँका मुखमा भरोसाको आँखा लगाइरहेँ । ती ओठका पखेटा फेरि फटफटाए- 'तर खोइ त, अलि ब्यापक पार्नुपर्यो नि होउ !' उहाँको आशय ब्लगबारे प्रचारप्रसार गर्नुपर्नेमा केन्द्रित थियो । हो, ऐना छ भने हेर्ने आतुर आँखाहरू पनि त चाहिन्छ । तब न हेराइ र दर्शनको तालमेल सुखद् जोडी बन्ला ! र, म त त्यस मामलामा निश्चय नै मूक महर्षि छु, जो धुनी जगाएर त्यसैलाई हेरीहेरी हेरेरै मात्र ताप ग्रहण गरिरहन्छ ।
कैलाशजी, ब्लग (त्यो चाहे व्यक्तिगत नै किन नहोस् ) सानोतिनो रहरको प्रयास भए पनि पक्कै पनि त्यो सामुहिक थपथपाहट र आडभरोसाको भावनात्मक कारखाना हो । ब्लग चलाउनु कुनै धारा बगाउनुजस्तै हो । उद्देश्य एउटै रहेको हुन्छ- तिर्खालुलाई साम्य पार्नु । र म त्यस्तै धारा बन्न चाहन्छु, जसको खोजी गर्दै तिर्खालु आफ्नो प्यासको रमरम कराहीलाई चिस्याउन आऊन् र म सहर्ष आफूलाई खन्याउन पाइरहूँ । एउटा खूब जम्ने उखान छ- खोला धाउँछ कि तिर्खा ? सोचिल्याउँदा म आफैँ धाउनुपर्ने हो क्यारे ! तर ब्लगको हकमा म आफूमा त त्यस्तो तिर्खा रहेन । लाग्छ, यदि असल कुरा मसँग छ भने मुठी बाँधिरहेर पनि औँलाको काप-कापबाट भए पनि त्यसको सम्यक् सुगन्ध छिचोलिएर संसार गम्किने नै छ । नत्र त त्यो नहुन्जेल मेरो ब्लग मेरै ऐनामा मेरो अनुहारको एकल दर्शन वा प्रदर्शनसम्म हो । जहाँ एक्लो टापुमा म ब्लगको कारखानामा अक्षरलाई प्याकिङ प्रोडक्टमा आकार दिइरहेछु । चुपचाप तालमा ।

कैलाशजी, के म अझै बाहिरै छु ?
हेरुँ, यो प्याकिङ प्रोडक्ट एकदिन कसो निर्यात नहोला ?
सायद दैलो खुल्नेछ तपाईँहरूको साथसाथको करकरबाट... ।
***
जुलाई ११, २००८ (नक्साल)
wfOjf,
ReplyDeleteAnu rnfpg yfn]sf]df] l9nf eP klg awfO 5 . sd{ kmnsf] cfzdf xf]Og ;+3if{sf] ld7f;df ul/G5 . cToGt /fd|f] ;'?jft ug'{ ePsf] 5 . dnfO w]/} n]Vg] a9\ofO“ cfp“b}g . of] Pp6f ;'Gb/ ;+ud eof] xfd|f] . 6]nLkmf]gsf] e]6 h:t} kfP“ d}n] Anudf tkfO“nfO{ . uf}/j nfU5 kl;gfnfO{ dfof ug]{ ;flyx?sf] ;+utdf k:g kfPsf]df .
cfh of] d];f] klg ;+of]un] h'/]sf xf] . tkfO“ O–d]n kfP kl5 Anu vf]n]+ . cToGt dg kof]{ clgtfsf] sljtf . cflw x'g] / To;kl5 xfdL x'g]x?sf] syf==============
awfO 5 n]vs / Anu ;~rfns b'j}nfO{
k|eft
अत्यन्त सुन्दर लेखन! मिठो र सटीक! धाइबाजी यहाँका केही रचनाहरु बेलाबखत पत्रिकाहरुमा पढेको थिएँ, आज ब्लग भेट्दा अत्यन्त खुशी लागेको छ (कैलाशजीको कुटीमानै हो मैले भेटेको, यो ब्लगको ठेगाना)। एउटा प्रशंशक थपिएको छ यो ब्लगको, स्विकार्नुस्।
ReplyDelete