अगस्ट ३ को आइतबारे मधुरो साँझमा काठमाडौँको आकाशमुनि माइतीघर चौकमा 'मैत्री फोटो सेसन' चल्दै थियो । माइतीघर मण्डलाको सामुन्नेमा चियापसलभित्र र सडककिनाराको रेलिङलाई आड बनाएर क्यामेराको पिलिक्-पिलिक्मा हाम्रो मुहार सामुहिक उज्यालोमा प्रस्टिँदै थियो (हेर्नुस् चिया
स्टेशन र सडकको रेलिङलाई हाँक दिँदै खिचिएका केही तस्बिर-झाँकीहरू) । त्यसअघि थापाथलीको मार्टिन चौतारीमा मस्कामस्की रौनक सुरु भइसकेको थियो । यो मस्कामस्की थियो आत्मीय साथीभाइबहिनीहरूको । 'फ्रेन्डसिप डे' भनेर हिसाब नराखिए पनि दिनको उज्यालोले साथीहरूको मुहारमा अतिरिक्त ताजा रङ देख्न पाइएको थियो । ग्रेडको तलमाथि भए पनि एउटै कलेजमा पढ्ने तीर्थ, प्रभाकर, अभिनय, अनितासँगको यो भेट पहिलेभन्दा अलि फुर्सदिलो पनि थियो ।
त्यसअघि चौतारीले चलाउँदै आएको पुस्तक छलफल कार्यक्रममा पछिल्लो साहित्यिक माहौलमा चर्चाको चुस्की चाखिरहेको जगदीश घिमिरेको कृति 'अन्तर्मनको यात्रा' माथिको अन्तर्क्रियाभित्र हामी जुटेका थियौँ । अनि त पालो हाम्रै हल्लाखल्लाको । चौतारीमा आएर पनि हल्लाखल्ला नहुनु, यो त असम्भवै थियो । घिमिरेज्यूले अन्तर्मन कृतिलाई साँच्चिकै बाफ छुट्दै गरेको ताजा प्लेट तुल्याएर सबै इन्द्रिय खुलाउने प्रस्ट परिकार बनाएका छन् ।
कार्यक्रम अवधिभर पलेँटीसँगै बाँधिएको हाम्रो मन छलफलको किताबका कृतिकार घिमिरेज्यूको स्वास्थ्यप्रति ढल्किएर मल्टिपल माइलोमा क्यान्सरको निर्दयी दाउपेचमा मात्र चुकचुकाएन । बरु अनुभूतिको माझिएको झरनाले परिपुस्ट 'अन्तर्मनको यात्रा'को सबलतामा झन् खुलेरै त्यो मन पाठकीय शीतलता ओइर्याउन एकसुर भइरहृयो ।
छलफल सकिएपछि चौतारीको आँगनमा विचरण गर्नु त त्यहाँ गएपिच्छेको
'नित्य कर्म' नै हो । त्यसै मेसोमा उस्तै हिस्सी पोख्दै मित्र कैलाशजी सामुन्ने हाजिर हुनुभयो । छलफल कार्यक्रमभरि विभिन्न अनुहारको भाव, अवस्था र सज्जालाई क्यामरामा लिपपोत गर्नमा खिचिक् खिचिक् औँला चलिरहेका कैलाशजीका अब ओठहरू चल्न थाले ।
खम्बासमान उभिएर गफिँदागफिँदै हाम्रा शब्दहरू भने गतिमा देखिए । ब्लगर साथीहरूको चिनापर्ची सन्दर्भ, आपसी लेखनशैलीको सीमा र सम्भावना, 'कविता किन लेखिएन हौ ?' (कैलाशजीलाई मेरो घेराबन्दी प्रश्न आदि विविध कुरामा दर्जनभन्दा बढी संवादहरू वारपार गरेर हामीले तृप्ति खोज्यौँ । मिठासे हृदयले मित्रतालाई पोषण दिने सवालमा कुनै साइतको के कुरा, तर मित्रता दिवसकै दिनमा कैलाशजीसँग सम्बोधन बाँडिँदा हर्षको झिल्को आँखाभरि पोतियो । चौतारीमै भएका अरु साथीहरूसँग पोतिनु बाँकी छँदै थियो ।
अब पालो सडकतिर बरालिने । तीर्थ, प्रभाकर, अभिनयसहित अफिस-समयभन्दा एक कदम अगाडि (उनकै शब्दमा 'भागेर') चौतारीको दैलोमा झुल्किएकी अनितासँग सडक-सफारीमा निस्किएँ । साथी रमेश सफर कुन सफरमा हराउन बाध्य थियो, उसको अभाव टड्कारो बिझ्दै थियो । माइतीघर चौकको छातीबाट तीनतिर भागेको सडक चिर्दै हाम्रो टोली थापाथलीबाट पारितिर फाल हान्यो । चिया पसलको खोजीमा दोस्रो गन्तव्यमा बल्ल टुङ्गो बनेपछि हामी गोलबद्ध भयौँ एउटा टेबलभरि । हाँसका टिउराझैँ हाम्रो हल्लाखल्ला छरिन थाल्यो-

त्यसअघि चौतारीले चलाउँदै आएको पुस्तक छलफल कार्यक्रममा पछिल्लो साहित्यिक माहौलमा चर्चाको चुस्की चाखिरहेको जगदीश घिमिरेको कृति 'अन्तर्मनको यात्रा' माथिको अन्तर्क्रियाभित्र हामी जुटेका थियौँ । अनि त पालो हाम्रै हल्लाखल्लाको । चौतारीमा आएर पनि हल्लाखल्ला नहुनु, यो त असम्भवै थियो । घिमिरेज्यूले अन्तर्मन कृतिलाई साँच्चिकै बाफ छुट्दै गरेको ताजा प्लेट तुल्याएर सबै इन्द्रिय खुलाउने प्रस्ट परिकार बनाएका छन् ।
कार्यक्रम अवधिभर पलेँटीसँगै बाँधिएको हाम्रो मन छलफलको किताबका कृतिकार घिमिरेज्यूको स्वास्थ्यप्रति ढल्किएर मल्टिपल माइलोमा क्यान्सरको निर्दयी दाउपेचमा मात्र चुकचुकाएन । बरु अनुभूतिको माझिएको झरनाले परिपुस्ट 'अन्तर्मनको यात्रा'को सबलतामा झन् खुलेरै त्यो मन पाठकीय शीतलता ओइर्याउन एकसुर भइरहृयो ।
छलफल सकिएपछि चौतारीको आँगनमा विचरण गर्नु त त्यहाँ गएपिच्छेको

खम्बासमान उभिएर गफिँदागफिँदै हाम्रा शब्दहरू भने गतिमा देखिए । ब्लगर साथीहरूको चिनापर्ची सन्दर्भ, आपसी लेखनशैलीको सीमा र सम्भावना, 'कविता किन लेखिएन हौ ?' (कैलाशजीलाई मेरो घेराबन्दी प्रश्न आदि विविध कुरामा दर्जनभन्दा बढी संवादहरू वारपार गरेर हामीले तृप्ति खोज्यौँ । मिठासे हृदयले मित्रतालाई पोषण दिने सवालमा कुनै साइतको के कुरा, तर मित्रता दिवसकै दिनमा कैलाशजीसँग सम्बोधन बाँडिँदा हर्षको झिल्को आँखाभरि पोतियो । चौतारीमै भएका अरु साथीहरूसँग पोतिनु बाँकी छँदै थियो ।
अब पालो सडकतिर बरालिने । तीर्थ, प्रभाकर, अभिनयसहित अफिस-समयभन्दा एक कदम अगाडि (उनकै शब्दमा 'भागेर') चौतारीको दैलोमा झुल्किएकी अनितासँग सडक-सफारीमा निस्किएँ । साथी रमेश सफर कुन सफरमा हराउन बाध्य थियो, उसको अभाव टड्कारो बिझ्दै थियो । माइतीघर चौकको छातीबाट तीनतिर भागेको सडक चिर्दै हाम्रो टोली थापाथलीबाट पारितिर फाल हान्यो । चिया पसलको खोजीमा दोस्रो गन्तव्यमा बल्ल टुङ्गो बनेपछि हामी गोलबद्ध भयौँ एउटा टेबलभरि । हाँसका टिउराझैँ हाम्रो हल्लाखल्ला छरिन थाल्यो-
भए कुरा पढाइ र परीक्षाका,
भए कुरा सङ्गीतका,
भए कुरा निद्रा र अनिद्राका,
भए कुरा आपसी प्रगति-दुर्गतिका,
भए कुरा... हुनुपर्ने सबै भए ।
झम्के साँझमा हामी गफको पुल जोडेर चन्द्रमाको शीतलता भेट्न लहसिइरहृयौँ । सम्झनामा केही तस्बिर खिचियो । अनिताको
मोबाइल-क्यामेराले यो दिनको आत्मीयतामा चुम्बकको काम गर्यो । तर यस्तो चुम्बकीय धुनमा हामी एउटै समान ध्रुवमा मग्न भइरह्यौँ । चिया गफको तातोभित्र आत्मीयताको फिँज उठिरहृयो ।
त्यसै मेसोमा सम्झिएँ केही नामहरूः
मनु, कैलाश, रमेश, समृद्धि, जडित, वसन्त, विभोर, सुदीप, सुरेश, गनी, अर्जुन, प्रभात, अनुज, भीम, आभास, विरस..... सबै प्यारा मनहरूको गोलोले दिमागभरि क्षणभरमै चपक्क घर बनायो ।
भए कुरा सङ्गीतका,
भए कुरा निद्रा र अनिद्राका,
भए कुरा आपसी प्रगति-दुर्गतिका,
भए कुरा... हुनुपर्ने सबै भए ।
झम्के साँझमा हामी गफको पुल जोडेर चन्द्रमाको शीतलता भेट्न लहसिइरहृयौँ । सम्झनामा केही तस्बिर खिचियो । अनिताको

त्यसै मेसोमा सम्झिएँ केही नामहरूः
मनु, कैलाश, रमेश, समृद्धि, जडित, वसन्त, विभोर, सुदीप, सुरेश, गनी, अर्जुन, प्रभात, अनुज, भीम, आभास, विरस..... सबै प्यारा मनहरूको गोलोले दिमागभरि क्षणभरमै चपक्क घर बनायो ।
भोलिपल्ट इमेल बाकस खानतलास गर्ने क्रममा 'सौभाग्यवश' जम्मा भएका इमेलका केही पाप्राहरू ओल्टाएँ, पल्टाएँ ।
एउटा लहरमा कैलाशजी भनिरहनुभएको थियो- 'हृयाप्पी फ्रेन्डसीप वीक !'
एक सप्ताहको के कुरा ! अवश्य पनि कैलाशजी, मित्रता दिवसको मङ्गल भावले सधैँ हामीलाई न्यानो आरती सेकाइरहोस् । एकदिनको यो औपचारिक बहानामा सबैलाई जीवनभरिको कामना छ है ।
तर पनि एक सप्ताहको त के कुरा ! हामी जुनीभरि एउटै भाँडोमा भुटिने फूल-मकै भइरहन सकौँ ।
***
अगस्ट ८, २००८ (नक्साल)

3 Comments
दाम्लोबाट फुत्केको चौपाया लहलह बालीमा पुगेपछि मुख नबिसाई चरे झैं , तपाईंको लेखाईमा आँखा परेपछि झिम्म पनि हुन्छ कि हुंदैन कुन्नि ( अर्को पल्ट याद गर्छु ) ; पढिसक्दा मैले जस्तो महसुस गर्छु त्यो दाम्लोबाट फुत्केको चौपायाले अघाईसकेर पनि त्यस्तो महसुस नगर्ला । यसपटक त झन तपाईंले सम्झिनुहुने मित्रनामहरुमा आफुलाई समेत पाएर पनि होला बाली अघाउञ्जेल चरेको चौपाया पुन दाम्लोमा बाँधिएपछि आँखा चिम्लिएर उग्राउंदा जुन आनन्द पाउँछ त्यस्तै आनन्द महसुस गरें / गर्नेछु । मित्रता दिवश / सप्ताह आयो र गयो ,त्यो पुन आउला / जाला तर तपाईंले पूजाको अन्त्यमा घुमाईने आरतीझैं सबैको अगाडी पेश गर्नुभएको मित्रताको न्यानो आरती म संधै तापिरहन पाउँ र तपाईंले सम्झनुभएका सम्पुर्ण मित्रहरु त्यो आरतीको न्यानोमा सेकिईरहन सकुन ।
ReplyDeleteलभगुरूसँगको लुभुयात्राबारेको नियात्रामाथि सारमा चित्त बुझाइको टिप्पणी राखिदिनुभएकोमा ढिलै भए पनि जडितजीसँग हार्दिक खुसी साट्छु । मित्रता दिवसको हूलमूललाई बसिबियाँलोमा यसो के उनेथेँ, त्यसलाई पनि मन पराइदिनुभयो । अझ मलाई त साथीसँगीसँग साँझपख लहरिएको मेरो लहडे पाराको लेखमाथिको तपाईँको प्रतिक्रिया त मेरो लेखभन्दा पो उम्दा लाग्यो जडितजी ! कति कलात्मक शब्दको थुङ्गा वर्षाउनुभएको ! तपाईँको हेराइ नै विशेष, त्यसैले मेरो लेखाइ विशेष लाग्यो तपाईँलाई । त्यति ताली र स्याबासी थाम्न सक्ने म योग्य अझै नभइसकेको हो कि ? खोइ, जे होस् तपाईँको मीठो सम्बोधनको निम्ति मीठो तृप्ति जनाउँछु ।
ReplyDeleteअनि जडितजीले यस CaFe ब्लगको उप-शीर्षक (सव-टाइटल) "अनित्य राग, अनित्य वैराग" माथि अस्ति नै प्रतिक्रिया राख्नुभएथ्यो, जसलाई यतिन्जेल मैले भुलिबसेछु । आज सम्झिएको बेला यही बोलीमा लोली थप्न मन लाग्यो । तपाईँले भन्नुभएको एकदम सही हो, "मान्छेको जीवन राग र वैरागको बीचैबीच हिँड्छ ।" त्यस क्रममा न त सधैँ राग, न त सधैँ वैराग । अर्थात् कहिले रागयुक्त भावनाको यात्रा र कर्म त कहिले वैराग (यसमा द्वेष पनि राखिदिऊँ, निक्खर वितरागको अवस्था त अर्कै उच्चता हो) युक्तको ।
राग र द्वेष एकैचोटि गुजुल्टिएर आउने भावहरू होइनन् । कसैप्रति प्रेम-अनुरागको संवेदना जागृत भइरहँदा तपाईँ त्यतैतिर एकोहोरिएर सद्भाव-करूणा खन्याउन मग्न बन्नुहुन्छ, त्यतिबेलै प्रेमभावसँग बेरिएर फलानो तेस्रो व्यक्तिप्रति तपाईँमा रिसको भावना पनि जागेको हुँदैन । त्यस्तो भावना जाग्नु छ भने अघिको प्रेमालुपन क्षणभरकै लागि भए पनि तपाईँभित्र गायब भइहाल्छ, अनि मात्र क्रोधले जागिर धान्छ । यो एउटा उदाहरण मात्र दिएको ।
मेरो लेखाइ (अनित्य राग, अनित्य वैराग) को सङ्केत पनि "मान्छेको जीवन राग र वैरागको बीचैबीच हिँड्छ " भनेझैँ ठीक त्यतैतिर हो । अर्थात् जीवनमा न सधैँ राग छ (हुन्छ), न त वैराग । राग तथा वैरागलाई च्याप्दै जीवनमा हामी सञ्चो र न्यानो पाएको भावमा लम्किरहन्छौँ । राग र वैराग दुवैबाट पार पाएको अवस्थालाई चाहिँ 'वितराग' भनिँदो रहेछ, जुन अवस्थामा आम मान्छे पुग्न निश्चय नै कठिन छ ।
अवश्य नै हामीबीच आरतीको न्यानो फैलिरहनेछ ।
उत्तम लेख
ReplyDelete