कति-कति बात मार्दा अनि बल्ल कुरा मिल्यो
नियत यो नबिगार्दा अनि बल्ल कुरा मिल्यो ।
जूनैजून उडाउने रहरले दुःख दियो,
यथार्थमा सबै झार्दा अनि बल्ल कुरा मिल्यो ।
झ्याङ्गिएर खुला जरा अर्को जुनी नजेलिँदै,
गमलामा फूल सार्दा अनि बल्ल कुरा मिल्यो ।
दुई किनार भै घुर्क्याउँदा तड्पिनु त पर्यो अलि,
आफूलाई पारी तार्दा अनि बल्ल कुरा मिल्यो ।
सानोतिनो कुरुक्षेत्र त्यसै कतै जागे पनि,
सँगै जित्दा सँगै हार्दा अनि बल्ल कुरा मिल्यो ।
मार्च २६, २००८ (बुधबार) नक्साल, काठमाडौँ ।
Where words smile ...
निक्कै रसिलो गजल !
ReplyDeleteसरल, सरस अनी सामाजिक पनि !!
सबैभन्दा घत लागेको चाहि यि दुई शेरहरु:
जूनैजून उडाउने रहरले दुःख दियो,
यथार्थमा सबै झार्दा अनि बल्ल कुरा मिल्यो ।
सानोतिनो कुरुक्षेत्र त्यसै कतै जागे पनि,
सँगै जित्दा सँगै हार्दा अनि बल्ल कुरा मिल्यो ।
पक्कै पनि त्यसो नगरी कहिँ कुरा मिल्दैन । कुरा मिल्नलाई त्यसै गर्नु पर्छ । कति सजिलो छ त्यसो नगरी कुरा मिल्दैन भनेर बुझ्नलाई तर त्यसो गरेर कुरा मिलाएको कुरालाई अनुभुत गरेर गजलमा यस्तरी सरस बनाएर पस्कनु भने त्यस्ति सजिलो पक्कै हैन । साह्रै मन पर्यो ।
ReplyDeleteAsha garaun aba milanko dori chhinidaina
ReplyDeletepratyak ghatana utpakak hunchha vaneko ho rahechha yar.
hajursangako kehichhanko namitho ghatanale pani bejod kriti janmayachha. wonderful gajal keep up it yar.
गज्जब छ! शुरुमै नियत बिगारेपछि कुरो चाँडै कसरी मिल्छ त:) जून-ताराको दुनियाँबाट यथार्थको पृथ्वी झर्नेबेलामा धेरै मायालुका कुरा बिग्रिन्छन्, धाइबाजीको मिलेछ, यो पनि खुशीकै कुरा हो।
ReplyDeleteसबै शेरले 'मायालु' संबन्धको सौन्दर्यलाई निखारेका छन्।
सानोतिनो कुरुक्षेत्र त्यसै कतै जागे पनि,
सँगै जित्दा सँगै हार्दा अनि बल्ल कुरा मिल्यो ।
अत्यन्त सटीक! एउटालेमात्रै पनि जितको आकांक्षा राख्दा सम्बन्धको संसार नरक बन्छ।