त्यसलाई तर भोकले उछिनेको छ । दिक्क लाग्नुभन्दा भोक लाग्नु वेश । सोइपरी । चार जना नौजवानले बजाए हाफ-हाफ प्लेट भन्दै जम्मा आठ प्लेट चाउमिन । अक्षरको खेतमा लागिमेली गर्ने क्रममा भेटिएका सहयात्री मित्रहरू जनक, सुदीप, आरके सँगै म छु फुरुङ्गिएको । चार मध्ये जनकबाहेकका तीन भाइ हामी कहाँ जाने फुर्सदको काँटी जलाउन भनेर निकैबेर तिरिमिरी भइरह्यौँ ।
क्यामेरा छ ?- सुदीपले सोध्यो । झोला खँदिलै थियो । टाउको हल्लाएँ । घुमघाम बाहेक तस्बिर खिच्ने नै हाम्रो एकसूत्रीय सोच रह्यो । गाडी चढेदेखि नै बाटैबाट फुटपाथसम्मका तस्बिर खिच्न सुरु गरियो ।
तर यहाँ स्वयम्भू पुगेपछिको फेदीदेखिको तस्बिर मात्र राख्दैछु ।
--------------------------------------------
* एक-दुई-तीन : स्वयम्भू थुम्कोमा चढ्ने खुड्किलो ।
* धम्म शरणम् : रुखमुनि ध्यानमुद्रामा सुदीप । बाटोमा हिँडिरहेका विदेशी पर्यटकहरू समेत यो ध्यानमुद्रा र तस्बिर खिचाइ देखेर मख्ख पर्दै 'न्यू बाबा' भनेर मस्त मुस्काइरहेका थिए । अभिभावकको साथमा स्वयम्भू-दर्शनमा आएका टिनएजर केटीहरू पनि के कम !? कुकुरको पुच्छर देख्दा पनि हाँस्ने उमेरका भनिने उनीहरू हाम्रो 'ध्यानी लीला' देखेर खितखिताइरहेका थिए ।
ॐ शान्ती : रुखकै फेदमा मग्न रहेर तथास्तु-मुद्रामा ।
* जोखाना : रुद्राक्षको मालाको गेडा गन्दै । पछि एउटी दिदीले माला औँलाले कुन विधिले पक्रिने भनेर सिकाएपछि सुदीप झन् निर्धक्क तयार भएको थियो यो पोजका लागि ।
* बन्जी जम्प ? होइन : खुड्किलो चढ्ने क्रममा दायाँ-बायाँ बाटो छुट्याउनलाई राखिएको समात्ने बारमा लमतन्न परेर सुत्दै । छैन त कुनै आरोहण जस्तै ?
* भवतु सब्ब मङ्गलम् ! : सुदीपले ध्यानमग्न मुद्रामा तस्बिर खिचाएर वरिपरिका
बटुवाहरूको बीचमा रमाइलो छवि बनाएपछि त्यसैको सिको गर्दै आरके ।
स्वयम्भु घुमाउनुभएको मा धन्यवाद ! मलाई नि जाउँजाउँ लागेर आयो ।
ReplyDeleteरमाईलो घुमघाम गर्नु भएछ | फोटो र क्याप्सन दुबैले मन छोयो | धन्यबाद है...|
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteयहाँ बसि बसि स्वयम्भु घुमे है मैले त ।
ReplyDeleteयति सुन्दर तस्बिरहरु बाँड्नुभएकोमा धन्यबाद् ।
लौ, धाइबा जी मज्जाले घुमाउनु भयो मनपरेको रमाइलो थुम्को तर सुदीप जी ले अचम्मै गर्नु भएछ यात्राको आकर्षणमा उहाँको चाल प्रति बढी तन्किए है म त । अति रमाइला फोटो सहितको यात्रा पस्कनु भएकोमा धन्यबाद धाइबा जी ।
ReplyDeleteमैले धेरै छुटाईसकेको छु पहिलेका पोष्टहरु पनि , यदाकदा पढ्न सम्म आउन नभ्याएको हैन तर प्रतिक्रिया लेख्न समेत आज आईपुग्दा यतिबिघ्न सुन्दर तस्विरहरुमा स्वयँभू देख्दा रमाईलो लाग्यो ।
ReplyDeleteमैले जवाफमा धन्यवाद सम्म भन्न नसकेको जुन स्नेह लेखेर पठाउनुभएको थियो ईमेलमा , त्यसैको असर होला पुरै एक महिना स्किप गरेर फर्कँदा पहिलो प्रतिक्रिया लेख्न तपाईंकै क्याफेमा आईपुगेको छु । त्यो स्नेहमयी सोधनीलाई यहिँ धन्यवाद !
Dhaaiba jee dherai sundara tasbira haru prastuta garera swayambhunaathako darshana graaunu bhayo dhanyabaada.
ReplyDeletesarailai ramailo post, i remember the days we used to go to swoyambhu with my friends......
ReplyDeleteधेरै पछि स्वयम्भु घुमियो! धन्यबाद धाइबाजी!
ReplyDeleteस्वयम्भू: र सुरदास त ठीकै ठीकै हो ! सुन्दरीले त झुक्याई हाल्यो नि ! ।
ReplyDeleteस्वयम्भूको प्रसंग चले पनि यो'सुन्दरी' को दोहोरो अर्थ भने दिमागमा आएकै थीएन यो पोष्टमा छिर्दा सम्म :)
म पनि धेरै जान्थे एकताका त्यहाँ। यो तस्विरहरुले पुराना यादहरु ताजा गराए र फेरी एक पटक आफै पुगेको महशुस भयो !
हास्यव्यंग्यको चाड गाईजात्रामा
ReplyDeleteहाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।
यात्रा रमाइलो रैछ ।
ReplyDeleteEnjoy!!!
मलाई पनि फोटोमा सुन्दरीको फोटोले केही भावुक बनायो।।।वाह "आमा" मेरो होस वा उसको, उसको होस बा तिम्रो आमा त आमानै होनी हैन?
ReplyDeleteएकदमै राम्रो तस्विरहरु र मेरो सबै याद हरू ताजा गराइदिनु भयो तपाईहरुले। धेरै धेरै धन्याबाद है
हन यो कहिले पोस्ट गर्नु भएछ ह धाइबा ? चालै पाइएन भन्या
ReplyDeleteतर सुन्दरी भनेर दिलिप ब्रो जस्ताइ म पनि झुक्किए सजातिय सुन्दरी होला भनेको त अन्तरजातिय पो परीछन् त्यो पनि कसैकी भैसकेकि, भैगो
तर होस गरम है साथीहरु.. स्वयम्भुका सुन्दरिहरु त मापाकी हुन्छन नि.. धेरै नजिस्काउनु होला मान्छे देख्यो कि किस खान झम्टिन्छन
maile ta dekhdai nadekheko ni.... Swayambhu...yatra....khub ramailo pics haru.....
ReplyDeleteFrens you did a great job. Even i am a nepali and stayed in ktm for several years i never been to Soyambhu till now. Thank you for taking me to the top through your photos. what about videos? did not take any? Nepali video sharing, Nepali Music videos, watch upload and share for free
ReplyDeletehave a nice time.
la hai sir tapai ko sahayog le maile visit nepal mero programe ko euta episode ready vayo , plz join me la www.facebook.com/dayaramg
ReplyDelete