Where words smile ...
June 30, 2011
June 19, 2011
June 17, 2011
रुने कला
"क्वाँऽऽवाँवाँ....." आर्थिक कमरेड झन् डाँको छाडेर कहालिनुभो । ठूलो चोक्टा पाउन हान्निएको तर झोलमा डुबेर भिजेको बिरोलोजस्तै जुम्से भावमा दायाँ-बायाँ लत्रिएको उहाँको मझौला जुँगा त्यो रसिक क्रन्दनले लफक्कै भिजिसकेको थियो ।
June 12, 2011
सूर्यग्रहण
कहाँ थाहा थियो र
बन्न हुन्थ्यो
सानोतिनो सूर्य
समाउन दिन हुन्थ्यो
किरणका औँलाहरू
बुद्धु थिएँ
बुद्धु भएरै बसिरहेँ
मेरो यो चुपचापलाई
सम्झिदिनू है तिमीले
सूर्यग्रहण ...
June 10, 2011
झापड खानेले जुत्ता नखाऊन्
प्रधानमन्त्रीको कुर्सीमा बसेको एक सातापछि बिबीसी नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिँदै झलनाथ खनालले भनेका थिए, “कतिपय जनता राजनीतिक दलहरुप्रति अलि बढी आक्रोशित पनि छन् । तर जुन मान्छेले मलाई झापड हाने, तिनले मलाई झापड हानेर आज बालुवाटार ल्याइपुर्याइदिएका छन् । त्यसो हुनाले मैले त उनलाई धन्यवाद दिएको छु ।”
सात महिनासम्म प्रधानमन्त्री चयन हुन नसकेको रिक्तता मेट्दै आसीन भएका उनलाई तै जे-जस्तो भए’नि मुलुकले प्रधानमन्त्री त पायो भनेर त्यतिबेला धेरैले मन बुझाएका थिए । रिक्त स्थान पुरयेतको अर्थमा । अब चाहिँ गतिलो मान्छे आयो भनेर हिसाब गर्ने ठाउँ त कतै थिएन । जे होस्, प्रधानमन्त्री निर्वाचनको एकपछि अर्को नौटङ्कीबाट छुटकारा मिलेको थियो ।
शान्ति र संविधानको राष्ट्रिय मुद्दालाई सबैले अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्छ भन्ने उनको महावाणी नै हो । अघि बढ्ने चाहिँ कसले हो, दैव जानून् । राजनीतिक वृत्तमा थेगो बनेको छ - यस्तो गर्नुपर्छ, बनाउनुपर्छ, हुनुपर्छ भन्ने । मानौं कुनै अदृश्य शक्ति वा दूत आएर गरिदिन्छ सबै । अरूलाई खेताला लगाए जस्तो उर्दी र आह्वानमा पड्किदिए भयो ।
June 3, 2011
मुदिता
चुरा बजेको हातको झङ्कारभन्दा पहिल्यै कोइली स्वर फुट्यो । भुसुनाको आवाजले पनि शान्ति बिथोल्ने मौनतामा घेरिएको म त्यो स्वरले झस्किएँ । क्यामेराको सन्तुलन बिग्रेर दृश्य लतपतिएको आयो । यतिबेला म ऊ सँग ठुस्किनुपर्ने । साँझपख जूनको हलुका प्रकाशको संयोजनमा बुद्धको प्रतिमाको तस्बिर कैद गर्दै थिएँ । यतिबेलै उसले बोलाउनुपर्ने !
लौ जा, पेच पर्नेगरी मैले पनि जवाफी झटारो हानेँ । प्रहार खेपेर ऊ कटाक्षले खुत्रुक्कै हुनुपर्ने हो, तर ‘हो है’ भनेर खितित्त हाँसेर टारिदिई । मापाकी केटी रै’छे जस्तो लाग्यो ।