Where words smile ...
July 28, 2013
आँपको गाढा स्वाद
July 23, 2013
July 21, 2013
खल्खली @ बल्थली
हावा बिना जीवनको रफ्तार सम्भव छ र ?
बाइकको पछिल्तिरको पाङ्ग्रामा पाँच रुपैयाँको हावा भराएर तीनकुनेबाट हामी बत्तियौं ।
दुइटा बाइकको भर । जम्मा चार भाइ बाँडिएका छौं । पानी पर्ला-पर्ला जस्तो सम्भावनालाई अत्याधुनिक फिरन्ते जोगीहरुको उत्साहले चिर्दै हिंडेको छ । यो यात्राको योजना बुन्नुअघि चिसापानीदेखि नागदहसम्मको कुरा चलेको थियो । कुरा चल्नु एउटा कुरा, बल्थलीसँगै जुर्नु रैछ हाम्रो जोडी ।
बल्थली यात्रामा पहिलोचोटि जाँदै छु । राजधानीको हात जस्तो पसारिएर बसेको काभ्रे जिल्ला नामी छ, गाउँको हरियाली झल्को चखाउन । सहरतिर हरियाली आजकाल होर्डिङबोर्डमा झुन्डिएको हेर्नुपर्छ । कुनै दिन संग्रहालय नै पुग्नुपर्ला । यो त भयो अनिश्चित भविष्यत् कालको कुरा ।
भक्तपुरको जगाति पार गरेर उकालो लाग्ने बित्तिकै धरान काटेर भेंडेटार भेटिए जस्तै हल्का शीतल मौसमले चुम्छ । बाइकहरुको ताँती नै बगेको छ सडकमा । केटो भाग्ला कि भने जस्तो युवतीहरु ट्याप्पै खिपिएर बाइकमा हुइँकिएका छन् । कता हिंडेका होलान् यिनीहरु ? नयाँ ठाउँको घुमघाममा कि एक-आपसको शरीरकै खानतलासी गर्ने उपयुक्त लोकेसन खोजीमा ? बाइकमा हिंडेका जोडीमध्ये केही जोडीका केटीले निकै ‘किफायती’ गरेर लुगा लगाएका छन् । कतिपयको आङमा त लुगाको नाममा एक डोरो धागो र एक थान रुमाल मात्रै छ । सायद केटो हजुरले ‘लोकेसन’मा पुगेपछि छोडाउन धेरै मिहिनेत नै गर्नु नपरोस् भनेर घरबाटै आधी तयारी गरेका निस्केका हुँदा हुन् !
July 18, 2013
हेर्दाहेर्दै
ठीकठाक हिंडिरहेछ एउटा रेल
July 12, 2013
तोतेबोली र अक्षरहरु
‘बकुलाले पानी खायो लामो चुच्चाले
यता-उति नगर कान्छी हान्छु जुत्ताले’
सानोमा यस्तै गीत गाउँदो रैछु । तोतेबोलीमा अड्किअड्की गाइने त्यस्ता गीत पनि खुबै हिट हुने ! आफ्नो तोतेबोलीको सम्झना छैन अहिले । बरु मामाघरमा मामाले जिस्काउँदै उच्चारण गरेका गीतका तिनै हरफहरु कानको जालीमा छानिएर सुरक्षित बसेका छन् । भान्जाको दूधे ओठबाट लय र उच्चारण बिग्रेका गीति भाका सुन्न मन लाग्थ्यो होला, सुरुवातका एकाध शब्द फुकाउँदै मामा मलाई उकास्नुहुन्थ्यो – ‘बकुलाले पानी खायो … के रे भान्जा !?’
लामो जुँगा भएकाले ठूलो मामालाई जुँगे मामाका रुपमा चिन्थें म । समयसँगै मेरो तोतेबोलीलाई पलाउँदै र छिप्पिंदै गएका दाँतहरुले घचेटेर झारे । मामाको जुँगा पनि कटानमा परेर ओठका डिल बुच्चा भए । समय मेरा दूधे दाँत र मामाका जुँगाको हिसाब नराखी बेतोडले कुदिरह्यो ।