September 6, 2019

गजल : बाँकीले एक थान चिहान बनाउँछन्


सक्नेले आफ्नो पहिचान बनाउँछन्
बाँकीले एक थान चिहान बनाउँछन् ।

थोरै मात्र हुन्छन् दुनियाँमा जसले,
साहसलाई सदा जवान बनाउँछन् ।

घरको अर्थ छाना र भित्ता मात्र बुझेर,
धेरैले घरलाई मसान बनाउँछन् ।

कसैले यौवनलाई त कसैले प्रेमलाई,
जीवन चलाउने दोकान बनाउँछन् ।

आफ्नो हातमा भए आफ्नै कथा लेखिन्थ्यो,
अरुले टुटफुट उखान बनाउँछन् ।

1 comment:

  1. साह्रै सुन्दर गजल भाइ!

    ReplyDelete