ताम्सालिङ नेपाल राष्ट्रिय दल नामको पार्टीले उपत्यका र आसपासको जिल्लामा बन्द आह्वान गरेको दिन । गफैगफमा घुमघामको कार्यक्रम बन्यो । “जाने हो त ?” भन्ने एकजनाको सवालमा ल जाम् त जाम् भनेर सहमति जनाइयो । नसोचेको कुरा अकस्मात् हुँदा लेखेकै यस्तो रहेछ भनेर भावीको लेखाप्रति विश्वास जाग्दो रै’छ क्यारे हामीमा ! उपत्यका नजिकै कतै गएर साँझसम्ममा फर्किन भ्याइने ठाउँको सूची केलाउँदा काभ्रेको नेपालथोक रोजाइमा पर्यो । त्यसो त ककनी, लाकुरीभञ्ज्याङ पनि रोलक्रममा आएका थिए । जाँदा र फर्किँदा २-२ घन्टा लाग्ने हिसाब गरेर हिंडियो नेपालभित्र नेपालको ट्याग लागेको नेपालथोक । बिहानको साढे १० बजे भक्तपुरतिर नजर मोडियो । रुपेश श्रेष्ठ र कमल कुमारको बाइकले धुँवा निकै फ्याँक्ने भयो आज । कमलजी एकल सवारीमा, म रुपेशजीको पछाडि बसें ।
नियमित बन्दले वाक्कदिक्क भएर होला, मान्छेहरू थेत्तरो भएछन् काठमाडौंका । बिहान सबेरै गाडीको चाप कम भए पनि घाम क्षितिजको कुम-कुम आइपुग्दा बन्दको छनक नमिल्नेगरी सडक भरिभराउ छन् । यस्तो सडकको धुवाँमय नेवा प्रदेश छाडेर ताम्सालिङ प्रदेशतिर लम्किँदा माझिएको प्रकृति र खुलेको आकाशले नशालु बनायो । यस्तै नशामा लट्ठिएर कुनै बेला सास फेर्नै बिर्सिएको हो कि भने जस्तो, अनि कुनै बेला भने यति स्वच्छ वायुबाट धेरै लाभान्वित बनूँ भनेर छिटोछिटो सास फेर्ने उपक्रम चलिरह्यो ।
नियमित बन्दले वाक्कदिक्क भएर होला, मान्छेहरू थेत्तरो भएछन् काठमाडौंका । बिहान सबेरै गाडीको चाप कम भए पनि घाम क्षितिजको कुम-कुम आइपुग्दा बन्दको छनक नमिल्नेगरी सडक भरिभराउ छन् । यस्तो सडकको धुवाँमय नेवा प्रदेश छाडेर ताम्सालिङ प्रदेशतिर लम्किँदा माझिएको प्रकृति र खुलेको आकाशले नशालु बनायो । यस्तै नशामा लट्ठिएर कुनै बेला सास फेर्नै बिर्सिएको हो कि भने जस्तो, अनि कुनै बेला भने यति स्वच्छ वायुबाट धेरै लाभान्वित बनूँ भनेर छिटोछिटो सास फेर्ने उपक्रम चलिरह्यो ।
आफू कहिल्यै नआएको ठाउँ । यो बाटो भक्तपुरभन्दा नकाटेको । यसैले हरेक मोड नयाँ लाग्यो । धुलिखेल झरेपछिको सल्लाघारी । बन्दको प्रभाव होला, धुलिखेलपछि त बाटो पूरै सफा देखियो । फाट्टफुट्ट गाडी र हाम्रै जस्तो बत्तिएको मोटरसाइकल । कमल कुमारजीको स्टाइल पनि गजब लाग्यो । कहिले निकै पुछारमा छुटेर मोडबाट लामो समय अन्तर्ध्यान हुने, कहिले भने निकै सुरिएर अग्रमोर्चामा देखिने । गाडीको चाप त के, चालचुल समेत नभएकाले बाइकलाई सडकमा मनमौजी गर्न छुट थियो । तर हामी सम्हालिने किसिमका युवक थियौं । भकुण्डेबेंसीको सहरोन्मुख मुहार पनि रमाइलो । त्यहीं खाजा खाइयो । हाइजिनिक हुन्छ भन्दै चना र आलुको मेनुमा सबैको मन भुलाए कमलजीले । नत्र चाउमिन र चाउचाउ जस्ता ‘राष्ट्रिय परिकार’ नपाइने नेपालको कुन ठाउँ छ र ?
सडक छेउछाउ हरियालीको लहराले नेपालथोक पुग्दासम्म बेरिरह्यो । बरु धुलिखेल कटेपछि गर्मीले फुलौरा उठाउन थाले पसिनाको । बाटोमा फोटो निकै खिचियो । धेरैजसो फोटो त बाइक गुड्दागुड्दै खिचियो । चालकको पछाडि आरामले बस्नुको फाइदा थियो यो ।
मोडपछि मोड आउँछ तर खोइ त नेपालथोक ? बाइकमा बस्दा-बस्दा पट्यार लागिसक्यो । दुखाइ त्यस्तै ! यति टाढा रहेछ भन्ने अन्दाज नै थिएन । साढे १० बजे हिँडेका मनुवा, आराम गर्दै गुड्दै आउँदा बल्ल साढे १ बजे गन्तव्य पुगियो । जुन हिसाबले नेपालथोक जाने भन्ने योजना बुन्दा यो ठाउँ विशिष्ट होला भन्ने चित्र बनेको थियो दिमागमा, त्यस्तो केही रहेनछ । यो नेपालथोक हो है भनेर आफैंलाई बारम्बार सम्झाउनुपर्ने देखिन्थ्यो । यसैले रुपेशजीले बाइक एक कुनामा लगेर रोकिसक्दा पनि गन्तव्य आएकोबारे होशै भएन ।
टहरा जस्ता १०-१५ वटा घर छन् । सबै पसलै जस्ता देखिन्थे । चम्किलो किलिप सिउरिएकी युवती उभिए जस्तै सबैजसो घर सोलारजडित थिए । एउटा पसलमा छिरियो । नेपालथोकको विशेषता यहाँको माछा रे । यति टाढा आएपछि माछा नखाई फर्किने कुरै थिएन । अर्डर गरियो, खरिएर राता भएका माछा प्लेटमा गुजुल्टिएर आए । साथमा बियरको चुस्की पनि लिने भइयो । निकै अन्तरालमा साथीहरूको जमघटमा मैले पनि गिलास भरेँ । सोलार बत्तीले फ्रिज नधान्ने भएकाले हपहपी भएर गुम्सिएको रहेछ बियर । तर ठीक्क चिसो भन्न मिल्ने ! तीतो झोलमा पौडी खेल्दै पेटतिर छलाङ मार्न थाले माछाहरू । संगत गुनाको फल भनेर आफूले चुस्की लिएको दोष साथीहरूको टाउकोमा थोपर्ने कुरो पनि भएन । तर जमघटले हामी मान्छेलाई धेरै कुरामा बगाउँछ । कहीं समथर नदी, कहीं उथलपुथल खहरे ! म त नेपालथोकमा समथर नदीमै थिएँ । फेरि यस्तो रसिक दिन नआउन सक्छ । लहडमै घुमघाममा हिंडिने, हप्प गर्मी पाकेको ठाउँमा मछली टोक्ने । कमलजीले आउँदा-आउँदै बाटोमा रचेको भन्दै एउटा गीत सुनाए । बल्ल रहस्य खुल्यो कमलजी बेलाबेला मोडमा सुस्ताउनुको, बूढा गीति गेंडा फुराउँदै हिंड्दा रहेछन् ।
सपना टुटेर के भो
म फेरि पनि निदाइदिन्छु
म दोबाटोमा छुटेर के भो
म अर्कै गोरेटो भेटाइदिन्छु
मलाई छैन चाहत
त्यो झूटो राहतको
यो मन फाटेर के भो
मनै त हो फेरि सिलाइदिन्छु
सपना टुटेर के भो
नभाग तिमी
नखोज मलाई
दर्पण फुटेर के भो ?
म शुन्य हुँ शुन्यमै बिलाइदिन्छु
म फेरि पनि निदाइदिन्छु ।
सपना टुटेर के भो
म फेरि पनि निदाइदिन्छु
म दोबाटोमा छुटेर के भो
म अर्कै गोरेटो भेटाइदिन्छु
मलाई छैन चाहत
त्यो झूटो राहतको
यो मन फाटेर के भो
मनै त हो फेरि सिलाइदिन्छु
सपना टुटेर के भो
नभाग तिमी
नखोज मलाई
दर्पण फुटेर के भो ?
म शुन्य हुँ शुन्यमै बिलाइदिन्छु
म फेरि पनि निदाइदिन्छु ।
Nepalthok ra bike ko chain kura aayo...machha khoi ta sir ? ki marna baaki chha ? he he he he he he
ReplyDeleteयसपछिको कथा लेख्ने जिम्मा कमलकुमारलाई छोडेको हुनुपर्छ कविज्युले!
ReplyDeleteAccidently apuro publish bhayera barbad ! अब पूरा पोस्ट राखेको छु ।
ReplyDeleteKira ko naam "Lady Bird "
ReplyDeleteThanks a lot '....'
ReplyDeleteरमाईलो यात्राको कुरा रहेछ । नेपालथोक भन्ने ठाउँ नै थाहा थिएन मलाई त । अनि त्यो लेडि बर्डको नेपाली नाम चैं 'टिकटिके' राख्या थ्यौं हामीले त; सानोमा संकलन गर्दै स-सानो सिसीमा हाल्थ्यौं । कति सास्ती हुन्थ्यो होला तिन्लाई ।
ReplyDeleteतपाईंको पोष्टका बिशेषता भनेको साह्रै मनमोहक तस्विरहरु नै हो धाइबा जी । यात्रा बर्णन पनि साह्रै मज्जाको लाग्यो।
ReplyDelete२ वर्ष अघि को यात्रा को याद आयो । बसको छत झनै रमाइलो हुन्छ । :)
ReplyDeleteयो बाटो म पनि हिँडेको छैन...एक पटक 'जाने' जोग मिलेर पनि त्यत्तिकै भा'थ्यो। जेहोस.. यसपाला 'वेब-भ्रमण' भयो !। एकचोटी मौका मिलाएर जाँदा रमाइलै हुनेछ भन्ने हम्लाइ पनि लाग्यो :)
ReplyDeleteAafaile Ma6a Khaya Jhai Bhayo Hai . Aba Ghara Jada Tyahi Bato Bhayara Janu Parla.
ReplyDeleteमजा आयो पढ्नलाई दाई!!!
ReplyDeleteधुलिखेल बाट भकुन्डेबेशी सम्म त म पनि गा'छु हो यो बाटोमा आधा दशक अघि। यस्ता बाटोलाई सिनिक हाइ वे भनेर बखान गर्छ अम्रिका तिर। नेपालमा यस्ता बाटो कति कति!!
ReplyDeleteबाटोमा मैले गुथेको गीत राख्न मन लाग्यो :
ReplyDeleteसपना टुटेर के भो
म फेरि पनि निदाइदिन्छु
म दोबाटोमा छुटेर के भो
म अर्कै गोरेटो भेटाइदिन्छु
मलाई छैन चाहत
त्यो झूटो राहतको
यो मन फाटेर के भो
मनै त हो फेरि सिलाइदिन्छु
सपना टुटेर के भो
न, भाग तिमी
न, खोज मलाई
दर्पण फुटेर के भो?
म शुन्य हुँ शुन्यमै बिलाइदिन्छु
म फेरि पनि निदाइदिन्छु ।।
भरियो आँखा मेरो
ReplyDeleteदेखेर हिमालहरु
छछल्कियो मन मेरो
धुलिखेल्को हरियाली देखेर ।।