नारी : आत्मकथा

Art : Tristen Jenni Sanderson

प्यारी छोरी,
धेरै-धेरै अगाडिको कुरा हो यो
ताल्चा र चाबीको 
आविष्कार हुनुभन्दा पनि अगाडिको कुरा

त्यतिबेलादेखि नै म
चाहना र बहानाको जोर हातबाट
चेपिँदै/चोरिँदै आएको छु निरन्तर

अहिले ताल्चा र चाबीको घरमा
तिमी सुरक्षित छौ भनेर कसरी भनूँ छोरी ?

अरु कसैले लगाएको हो ताल्चा
अरुकै मुठीमा छ चाबी।

Post a Comment

0 Comments