बाँकीले एक थान चिहान बनाउँछन्।
थोरै मात्र हुन्छन् दुनियाँमा जसले,
साहसलाई सदा जवान बनाउँछन्।
घरको अर्थ छाना र भित्ता मात्र बुझेर,
धेरैले घरलाई मसान बनाउँछन्।
कसैले यौवनलाई त कसैले प्रेमलाई,
जीवन चलाउने दोकान बनाउँछन्।
आफ्नो हातमा भए आफ्नै कथा लेखिन्थ्यो,
अरुले टुटफुट उखान बनाउँछन्।
1 Comments
साह्रै सुन्दर गजल भाइ!
ReplyDelete