Subscribe:

Ads 468x60px

15 February 2009

.... आँसुको गरिमा

झ्याउरे लयमा हरफ कोर्ने रहर महाकवि देवकोटाको जनप्रिय खण्डकाव्यकृति मुनामदन पढुन्जेल विरह रसाए जस्तो टुसाइरहेथ्यो । धेरै भएथ्यो झ्याउरेमा भाका नभरेको । आज ताक पर्‍यो गीति गेडामार्फत । समयगत रचनाक्रमका आधारमा यो ताजा गीत र उही चिनारू, नेपाली जनजिब्रोमा भिजेको झ्याउरे लय । कतिको जोडी जम्ला ! फेरि यो विरह भाकामा आँसुको जीवनमय भाव कतिलाई त निराशाको भारी पो लाग्ला कि ? तर आँसु पनि जीवनकै यथार्थ एउटा पाटो हो । त्यही पाटोको गुनगुन यसपालीको सुरमा ।

--------------------------------------


शिरैमा आशिष् बनेको हो कि आँसुको गरिमा

पिलपिलाएर तपक्क बन्छ संसारै भरिमा ।

फुरूरू उड्छ सम्झनाको यो रेसमी पछ्‌यौरी
झुल्केको रूप हारै पो हो कि कि त हो जितौरी
के साह्रो जुनी बगूँ झैँ गर्छ सानै र झरीमा
शिरैमा आशिष् बनेको हो कि आँसुको गरिमा ।

आफ्नै हो पिलो अरूको खालि हात हो चुलेसी
चरक्क चिरा पार्‍यो कि फुट्छ तिर्खालु बलेंसी
सिकारी दाजै खनिन्छन् सधैँ अबला चरीमा
शिरैमा आशिष् बनेको हो कि आँसुको गरिमा ।

9 comments:

  1. झ्याउरे भन्ने बित्तिकै त्याँहा महझैं गुलियो रस हुन्छ भन्ने सोच पनि सायद देवकोटाले नै मुना मदनको मह चटाईदिएर उमारे होलान् हाम्रो मनमा । तपाईंको भाकाले झ्याउरेको तिर्षना मेटाईदियो अलिकति तर ब्लगमा प्रयोग भएको अक्षरको आकार भने आँखामा बिझाउने भयो , सामान्यता जस्तो र जत्रो आकारमा अक्षरहरु पढिरहिएको छ त्यत्रै र त्यस्तै खोज्छ रहेछ आँखाले ।

    ReplyDelete
  2. आशुको गारिमा बहुत आनन्द को हुन्छ ......मान्छे लाइ शान्ति मिल्छ .
    मनछुने रहेछ .

    ReplyDelete
  3. नयाँ साजसज्जा सहितको धाइबाजीको घर धाऊँदै, रचनाहरुको तर मार्दै गरेपनि प्रतिकृया लेख्ने मेसो मिलेको थिएन।

    यो झ्याउरे खजाना पनि मिठो लाग्यो। हाम्रो जीनमै बसेको हुन्छ कि कुन्नि, झ्याउरे लय असाध्यै आफ्नै लाग्छ।

    नयाँ साजसज्जा राम्रो देखिएको छ तर टाउको (header) बाहेक अन्तबाट भने 'फूलबुट्टा' हटाइदिने हो कि? अलि बढीनै देखिएको छ।

    ReplyDelete
  4. मेरो झ्याउरेको लागि मीठो टिप्पणीको लागि सबैमा आभारसहित अलिकति आफ्नो स्पष्टीकरण पनि राखिहालूँ ।

    दीपकजी, अक्षरको आकार के भयो-भयो, सुरुमा त सदाझैँ टाँसो खन्याएर पब्लिस गरेथेँ, तर ब्लग हेर्दा मेरो मनिटरमा अक्षर नै नबुझ्ने गरी चाउरियो । त्यो पोष्ट मात्र होइन, सबै नै सानो पाएँ मैले । अनि फेरि सम्पादनक्रममा आकार एक तह बढाइदिएँ र त्यो हविगत भयो । खासमा मेरो मनिटरमा त्यो अपर्झट समस्या देखियो । अन्यत्र हेर्दा ठीकै रहेछ, फेरि तपाईँको झटारो खाएसँगै बनाएँ ।
    वसन्तजी, टेम्प्लेट फेरेसँगै साथीहरूको घेराबन्दीमा पर्दैछु । तपाईँको मननीय सुझावको सम्मान गर्दागर्दै पनि साइडबारको फूलबुट्टा मिलकाउन मेरो बशको कुरो थिएन, टेम्प्लेटको बनोटै त्यस्तो थियो । मलाई पनि अलि नक्कले लागेको थियो । पछि विकल्प खोज्दा त्यही वर्गको टेमप्लेटको अर्को ढाँचा रोजेँ । अब अलि ठीक भएको छ । र पनि आलोचना पाइ नै रहूँ ।

    ReplyDelete
  5. सारै नै मिठो कबिता | भाकामा कबिता पढ्दा कक्षा ३ मा थापा सरले मुनामदनको केही हरफहरु सुनाएको याद आयो... धन्यबाद

    ReplyDelete
  6. धन्यवाद मिलनजी, आफ्नो भन्या आफ्नै हो भन्छन्, थय्सैले हामीलाई हरपल तरङ्गित बनाइरहेको हुन्छ, जहाँ पुगे पनि ।

    ReplyDelete
  7. तपाईको झ्याउरे र टेम्प्लेट दुबै राम्रो लाग्यो ।
    टेम्प्लेटको माथि रहेको दोस्रो लाईनको ट्याबको व्याक ग्राउण्ड भने अली धमिलो भएको जस्तो लाग्यो त्यसलाई पहिलो लाईन जस्तै व्याक ग्राउण्ड राख्‍ने की?

    ReplyDelete
  8. Off topic Note:
    अस्ति राती देखी ब्लगरमा ब्लग चलाउनेहरुको "Followers" हरु स्वात्तै घटेका छन। बास्तबमा गुगलले केहि 'सुधार' गर्ने क्रममा “Public” Followers हरु “Anonymous” मा परिवर्तन भएकाले सो समस्या उत्पन्न भएको हो । यसको निराकरणको लागि सबैले एक चोटी आफ्नो Dashboard मा जानुहोस। त्यसपछि Reading List भन्दा मुनी MANAGE मा थिचि "Manage Blogs I'm Following" मा गई दाँया पट्टीको सबै "Anonymous" लाई "Public" मा परिवर्तन गर्नुहोस । बस । गुगल आफैले यो गर्ने छैन त्यसैले सबैले manually आफैं गर्नु पर्ने छ । अर्थात Followers हरुले नै गर्नु पर्छ (Follow भएको ब्लगरले गरेर हुँदैन) ।

    ReplyDelete
  9. धेरै धेरै आभार दिलीप दाइ । टेम्प्लेट बल्ल अब फिक्स भयो । मेसो नपाउँदा धेरै अलमल र ऋलमल हुँदोरहेछ। दोस्रो ट्याबको धमिलो पृष्ठभूमि सादा बनाउने तरीका पनि अहिलेलाई मेरो बशको कुरा छैन,अज्ञानतामा कोड खेलाउनु खतरनाक हुन्छ ।
    बिस्तारै यही टेम्प्लेटभित्र रहेर सुधार गर्दै जानेछु ।

    अनि Followers को कुरामा पनि म त टेम्प्लेट परिवर्तनले पो सङ्ख्यामा त्यस्तो न्यूनता देखियो भनेर दिक्किरहेको थिएँ । उता साथीहरूको ब्लग र आफ्नै शङ्कर ब्लग हेर्दा भने उस्तै हालत देखेर जिल्ल परेको थिएँ । तपाईँको यस सुल्झाइले राम्रै मलम-पट्टी गर्‍यो ।

    ReplyDelete