Subscribe:

Ads 468x60px

16 February 2010

सहरमा सपना

क्-टक् धपेडीका खराउले
फुटपाथ डामिँदा
सहरमा बिहानी च्याट्ठिन्छ

दिन दिनभर
अवसरका बाजले छोप्नुअघि नै
छोप्छ निधारको झ्यापुल्ले अभागले
अनि डस्छ रात रातभर
प्रेम नामको सर्पले मुटुको टोड्काभरि ।

भित्तामा क्रस झैँ टाँगिएको माउसुलीले
सिकाउँछ आत्मदाहको पाठ
बलात्कृत लाटीको थर्थराउँदो ओठले
जारी गर्छ सुरक्षाको आलो विज्ञप्ति
कतै अदालतको सुख्खा पोखरीबाट फुत्किन्छ
न्यायको हतभागी माछो ।

सहरमा पनि घाम लाग्छ -
शीतका चाँदी टल्किन्छन्
झम्के साँझ पर्छ -
जूनकीरी पिलपिलाउँछन्
तर सहर निदाउन सक्दैन
जाग्राम बसिरहन्छ
सपनाको बल्छी थाप्दै
मान्छेहरुका आँखा झन् झन् गहिर्याउँदै ।

7 comments:

  1. सधैंझैं मीठो कबिता धाइबा जी ।मनको तापले र घमण्डको रापले आतिएको र तातिएको सहर र सहरिया ।

    ReplyDelete
  2. कथित 'शहर'को एक सटीक वर्णन!

    ReplyDelete
  3. सहर मात्र होइन, यो त देश कै सटिक वर्णन भन्दा फरक पर्दैन ।

    ReplyDelete
  4. आकारजीकै कुरामा सहि थापेँ है मैले पनि । यो 'शहर' हाम्रै देश नै त हो नि :)

    ReplyDelete
  5. आकारजी र दिलिप दाइको कुरामा मैले पनि सहमति गरेँ है !!

    ReplyDelete
  6. घातक प्रहार गर्नु भएछ नि अपाङ्ग शहरका शहरियाहरूलाई !!!

    ReplyDelete
  7. I m sorry to say that I was so late to read your poaem. Its just superb. Loved it.
    "सहरमा पनि घाम लाग्छ -" Good concept.

    ReplyDelete