Subscribe:

Ads 468x60px

11 May 2011

रातो पछ्‌यौरी ओढेर को आइरहेछ ?

यसपाली लामो समयसम्म दिमागमा आउँ परेन, सोचेँ – यसरी त व्याकुलताले मनमै आउँ पर्छ । सधैंजसो ब्लगमा केही गुदी भर्न तम्सिने मन खल्लो भइरह्‍यो । यसो कम्प्युटरको दराज खोल्दा विभिन्न समयमा खिचेर क्यामेराबाट खन्याइएका तस्बिरहरू तह-तह रै’छन् । त्यसमा पनि भर्खरै महिना दिन जति अगाडि शिवपुरी राष्‍ट्रिय निकुञ्ज हुँदै सुन्दरीजलको यात्रामा जाँदा गुराँसमय जङ्गलको तस्बिरहरूले लोभ्याए । यसपाली तिनै फोटो सदुपयोग गर्न मन लाग्यो । Red

राष्‍ट्रिय फूल लालीगुराँस पहिलोचोटि आँखाभरि सँगाल्न पाउँदा असीम शीतल अनुभूति नहुने कुरै भएन । वनैभरि सैनिक टुकडी जस्तै छपक्कै छरिएको

गुराँसले वनको बेहुली स्वरूप झलक पस्किएको थियो । थुम्कामाथि अर्को थुम्का बनेर फुलेको गुराँस देख्‍दा कविमनले रातो पछ्‌यौरी ओढेर कोही नजिक सरिरहे झैँ लाग्थ्यो । नभन्दै यादभरिको कार्पेटमा सर्‍याकसर्‍याक पाइला चाल्दै राताम्मे डाँडा अझै मनमा धर्ना दिन आइरहेछ ।

Gurans2


Gurans

4 comments:

  1. हेर्दा झारो टार्ने काम जस्तो देखिए तापनि प्रंसग र यहाको प्रस्तुतीले पोस्ट त्यस्तो भएको छैन .........जहाँ सम्म रातो पछ्यौरीको कुरा छ , त्यो त मनमा केहि भयो भने मात्र त्यस्तो विम्ब आउछ रे ! सायद त्यहि पो हो कि?

    ReplyDelete
  2. ए जीवनजीको ब्लगमा सजिन आउने को को न रैछ... भन्ठानेको त प्रकृतिकी वेहुली लालीगुराँस पो रैछे । तर वैंशले खुब राम्री देखिएकी छ ।

    ReplyDelete
  3. झट्ट शिर्षक हेर्दा त रातो पछ्यौरीमा बैंस लुकाएर मस्कदै हिंडेकी एउटी यौवनाको भवाकृती मेरो मनमा बनेको थियो। तर रहिछे उही "लाली मैया"। हामी साढे दुई करोड नेपालीकी प्रेमिका। धेरै भाथ्यो मोरीलाई नदेखेको। साक्षातकार गराइदिनु भएकोमा जीवनजीलाई धन्यवाद ।

    ReplyDelete
  4. "Bhijyo timro rato pacheuri ..." lali gurans ta maan chune nai cha... :)

    ReplyDelete