Subscribe:

Ads 468x60px

30 September 2013

भिन्न शैलीको खोजी

[नेपाल साप्ताहिकको असोज १३ गतेको अंकमा प्रकाशित समीक्षा]
डेढ दशकदेखि निबन्ध लेखनमा रहेका रोशन शेरचन आफ्नो भिन्न शैलीको निर्माणमा जुटेका गम्भीर
सर्जक हुन् त्यसमा उनलाई खासगरी अध्ययनशीलता त्यसबाट प्राप्त चिन्तनशीलताको जगले थामेको अघिल्ला दुई निबन्धकृति 'मस्तिष्कहरूको मृत्यु' र 'चम्पारन ब्लुज'मा बौद्धिकता, सघन काव्यचेत बिस्तारै समाजतिरको दृष्टि प्रकट गरेका रोशनले निबन्धमा मनोगत विषयको उडानभन्दा समाजको कुरा फुकाउने लेखनलाई जोड दिएका छन् पछिल्लो कृति 'धोबीघाट एक्सप्रेस'मा त्यो सामाजिक उत्खन्न अझ प्रखर देखिन्छ

निबन्ध लेखनको सुरुवाती बेला एकालाप ढाँचा मनमौजी भावका निबन्धहरू लेखेका रोशन तेस्रो संग्रहमा आइपुग्दा माझिनुका साथै सन्तुलित बनेका छन् देश बुझ्न कुना-कन्दराको यात्रामा निस्कने उनी विश्वको अवस्था गति बुझ्न अध्ययनमा पस्छन् साहित्यमा विचार कलाको वजन तौलँदा उनले साहित्य कलात्मक मूल्य गहन भावसहितको सरल हुनुपर्छ भन्ने मान्यता खुट्याएका छन् यसबाट उनले आफ्नो आरम्भिक समयका निबन्धहरूले पाठकीय संवाद नगरेकोमा थकथकी पनि मानेका छन्


संग्रहका २४ थान निबन्धमा संस्मरण, नियात्रा, पुस्तक चर्चा, व्यक्तिचित्र वैचारिक आलेख अटाएका छन् त्यसमार्फत रोशनले आफ्ना साहित्यिक मान्यता, जीवनप्रतिको दृष्टिकोण, अध्ययनको आयाम, आफूसहित समाजको उज्यालो र अँध्यारो पाटोको शल्यक्रिया गरेका छन् चिन्तन दर्शनको गहिराइमा गोताखोर बनेर एकोहोरिए पनि उनले आफ्नो सीमा स्वीकारेका छन् कमजोरीको यस्तै स्वीकारोक्ति नै कुनै पनि सर्जकका लागि अझ भरिलो स्वाद थप्ने स्पेस हो अहम्‌ बिनाको यस्तो सरलताले रोशन सिर्जनाको तहमा मात्रै नभई स्वभावकै तहका लेखक लाग्छन् आफ्ना कमजोरीका साथै पाएका धोका लागेका बात लगायतमा उनले इमानदार अभिव्यक्तिलाई हतियार बनाएका छन्

विचारको हिमायती रोशन कवि एलेन गिन्सवर्ग, गायक बब डिल, विद्वान् पाउलो फ्रेरेको प्रभावमा जकडिएका छन् भने उनको कलमबाट यता शंकर लामिछाने, ईश्वरवल्ल, गोविन्द वर्तमान, नारायण ढकाल जस्ता सर्जकप्रतिको अनुराग प्रकट भइरहन्छ खासगरी, वल्लभको व्यक्तित्व कृतित्व तथा ढकालको रचनाशक्तिमाथि रोशनको आँखाबाट छाम्दा पनि एक हदसम्म महक पाउन सकिन्छ प्रेमिल चर्चा गर्ने स्वभाविक मखमली भाषा उनीसँ तर, कतिपय ठाउँमा उही व्यक्तिको निरन्तर प्रसंगले पाठकलाई हायलकायल पनि पार्न सक्छ लेखक उसका सिर्जनाप्रतिको वस्तुनिष्ठतालाई जोगाउन सम्बद्ध लेखकसँ दूरी चाहिन्छ भन्ने रोशनले अवश्यै बुझेका होलान, व्यक्तिचर्चा प्रमुख कुरा कि उसको कर्म सिर्जना ?

संस्मरण यात्रा वृत्तान्तमा रोशनले शब्द फारो गर्न सक्ने ठाउँ देखिन्छ नियात्रामा अनुभूतिगत तहमा गाँसिएर स्थानीय जनजीवन आउनु प्रधान मानिए पनि उनी पाइला गन्नतिर लाग्छन् शीर्ष निबन्ध 'धोबीघाट एक्सप्रेस' कृतिकै 'ड्रिम प्रोजेक्ट' भान हुन्छ निबन्धमा स्वैरकल्पनाको उडानमार्फत आफ्नो पितापुर्खाको जरादेखि आजको समय जीवनसम्मको पीडा सन्तापलाई हदै गहिरो गरी छामेका छन् स्थान पात्रहरूको सजीवताले निबन्धलाई जीवन्त बनाएको अर्कातिर, शैक्षणिक विधिको अलग मान्यता स्थापित गराउने ब्राजिलका चिन्तक पाउलो फ्रेरेबारेको निबन्ध जति प्रभावशाली , अमेरिकी लेखक रोबर्ट एम पिरसिगको 'झेन एन्ड आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स' पुस्तकमाथिको चर्चा भने अपूरो लाग्छ निबन्धको यात्रामा उन्मुक्त उडानमा लहरिन खोजे पनि कतिपय निबन्ध संख्या उकास्ने दौडमा कृत्रिम पनि बन्ने खतरा हुन्छ

खासगरी शैलीको खोजमा रोशनको चिन्तित मुद्रा देखिन्छ शैली बिना लेखकको निजत्व नदेखिने ठहरसहित उनले समकालीन निबन्धमा खुब जतनले आकार बनाएका छन् शैलीखोज अभियानमा उनको बौद्धिकता विषयवस्तुको विविधता कतै नहराइदेओस् !

लेखक : रोशन शेरचन
प्रकाशक : सांग्रिला बुक्स
पृष्ठ : २५७
मूल्य रु : ३२५

2 comments:

  1. आज सम्म पढ़नुपर्ला भनेर सोचिमात्र राथें, अब त साच्ची पढ्नु पर्ने भो!

    ReplyDelete
  2. अवश्य पढ्नुस् । एकाध निबन्ध छाडेर ओजिलो र खँदिलो छ कृति ।

    ReplyDelete