Subscribe:

Ads 468x60px

10 July 2009

आमा !

वर्षअघि लेखेको हुँ यो गजल ! शाही शासनको जगजगीले मुलुक अँगारको कोलमा पिसिँदै थियो, पिना बन्न हो कि तेल नै निस्किन कुन्नि ! आज हेरौँ- हामीले तेल पायौँ कि रुखोसुखो पिना मात्रै ? भनिन्छ, प्रत्येक पलको मूल्य हुन्छ, गति हुन्छ ।
तर नेपालको घडी ठीक साँढे सातको दशामा माकुराजालमा बेरिएर कुथुर्किए झैँ छ । सोच्छु, यस गजलको भावभूमिदेखि अहिलेको नेपाली हावापानी कति फरक छ त ? सोचिन्छ .... र केही सोच्न सकिँदैन ।
बाँकी बोल गजलबाटै -
ढुक्कसित बस्ती पस्ने गौँथली खै छैन आमा
कति पिरो मौसम यो बदली खै छैन आमा !

केस्राकेस्रा व्यथाहरू चिच्याउनु कसोगरी,
बन्यो जेल जताततै डबली खै छैन आमा !

हीरा-मोती सम्पत्तिले भरिएछन् सारा ठाउँ,
काँप्ने मुटु साँचिदिने बगली खै छैन आमा !

हिलैहिलो पैनीबीच फसिदिन्छ जुनी किन,
तराईमा मुन्नी रुन्छे- मछली खै छैन आमा !

ओठ चुमे जस्तै गरी रक्त चुस्ने संसार छ,
खोटी रूपै चल्यो यहाँ असली खै छैन आमा !

***

11 comments:

  1. धाईबाजी, तपाईँको ब्लगको देब्रेपट्टि आधाभन्दा बढी एउटा कालो लेयरले छोपेको देखिन्छ। पढ्नै मिल्दैन। कोडमा केहि गडबडी भयो कि?!

    ReplyDelete
  2. हो त नी ! धाईबा जी हाम्रो बाट पनि बसन्त जी ले भने जस्तै देखिन्छ। के भाको हो ।गजल बिचमा परेको भएर पढ्न मिल्ने रहेछ तर गजल भन्दा माथि लेखिएका कुराहरु चाँही आधा मात्र पढ्न मिल्ने रहेछ।

    गजल सुन्दर अनि मार्मिक लाग्यो।

    ReplyDelete
  3. धाईबाजी
    तपाइले ४ बर्ष पहिले लेख्न्नु भएको गजल र आहिलेको हरो देशको हालतमा केहि परिबर्तन छैन जस्तो लाग्छ। नया नेपाल तर पुरानै हालत

    अनि Basantaजी र Sujan Sharmaजी ले भन्नुभए जस्तै मेरो मा पनि देखिएको छ।

    ReplyDelete
  4. मलाई पनि तेस्तै लाग्यो ४ बर्ष अगाडि लेखेको यो गजलले आज पनि उत्तिकै महत्व र यथार्त बोकेको छ ।माथि साथिहरुले भने झै मेरो बाट पनि देखियो है धाइबा जी ।

    ReplyDelete
  5. ओहो, कसैले यो "back to top" function को लागि प्रयोग हुने ईमेजसंग भद्दा मजाक गरेछ । सानो ईमेज आउने ठाँउमा यो ठुलो ईमेज राखीदिएकोले यो समस्या आएको हो ।

    यदि तपाईले "back to top" function को लागि कुनै HTML/Javascript राख्‍नु भएको छ भने त्यसलाई निकाली दिनु होला ।

    हैन भने तपाईको टेम्प्लेटमा गएर यो ईमेज फाईल हटाउनु होला:

    http://img119.imageshack.us/img119/8589/arrowupcx2.gif

    माथी के के लेख्‍नु बएको थियो कुन्नी त्यो चाही स्क्रिन सफा भएपछि पढेर लेखौंला है त

    ReplyDelete
  6. धेरै माफी चाहन्छु, ब्लग हेर्नमा असुविधा भएकोमा । मेरै अज्ञानताको उपज हो यो सममस्या आउनमा ।

    तर फेरि कसरी यस्तो बयो भनेर दङ्ग छु आफैँ, पेजको टप भागमा जानको लागि जाभा स्क्रिप्ट हालेको धेरै भएको थियो, यसअघि यस्तो समस्या आएको थिएन । जब Read more ट्याग हटाएँ, अनि imageshack को 'भूत'ले गाँज्यो । Read more ट्याग पनि के कारण हो, यस टेम्प्लेटमा फिट खान सकेन, ब्लग खुल्नमा पनि अप्ठेरो बनिदियो, अलि नसुहाएको जस्तो पनि लाग्यो र हटाइदिएँ । कोडसँग खेल्ने 'हुती' नहुँदा र ढङ्ग नपुग्दा मनको इच्छा मनमै रहनु स्वाभविकै हो ।

    यस्तो 'आपत'को घडीमा साथ दिने सबै हितैषीहरूलाई धन्यवाद । दिलीप दाइको सङ्केतको लागि आभारी छु सदैव ।

    ReplyDelete
  7. मैले हेर्दा चाहिँ कुरो अघि मिलि सके जस्तो छ ...केहि फरक पाईन..

    बर्षौंको अन्तराल भए पनि गजल अझै सजिब छ ... शायद गतिशील कलम र स्थिर परिस्थिति दुवैको कारणले होला...कुनै कुनै शब्द बिशेषको चयनले सुनमा सुगन्धको काम गरेको छ ...

    ReplyDelete
  8. bhawana ma dubera lekhnu bhayeko rahe6...situation lai ekdum ramrai bujhera...
    Truly world has changed so much..and you are able to portray the world as it is..

    ReplyDelete
  9. हिलैहिलो पैनीबीच फसिदिन्छ जुनी किन,
    तराईमा मुन्नी रुन्छे- मछली खै छैन आमा !

    तराई देखे बुझेर होला यो शेरले अवाक बनायो । सबै शेरहरु एक से एक लागे त्यसो त ।

    ReplyDelete
  10. केस्राकेस्रा व्यथाहरू चिच्याउनु कसोगरी,
    बन्यो जेल जताततै डबली खै छैन आमा !

    मिठो गज़ल !
    सामयिक पिडा र व्यथाको साहित्यिक रन्को तरंग्याउने धाइबाको यो सानो क्याफेभित्र पस्ने बित्तिकै जेलै जेलभित्र जेलिनुको दुख केहि हदसम्म भुलाउछ, लाग्छ, अब हाम्रो डबली यहि हो धाइबाजी, हाम्रो चिच्याउने ठाउँ यस्तै केहि मात्र हो ।
    म पनि एकपटक त क्याफे बाहिर कालो आधा चेहरावाला भुत देखेर फर्किएँ, धेरै साथीहरु साहस गरेर पसेछन, अहिले त भागि पनि सकेछ। भुत हटेकोमा बधाई छ धाइबा जी!

    ReplyDelete
  11. ढुक्कसित बस्ती पस्ने गौँथली खै छैन आमा
    कति पिरो मौसम यो बदली खै छैन आमा !

    sarhai swadilo sher

    ReplyDelete