Subscribe:

Ads 468x60px

24 October 2010

गाउँको फेरिएको मुहार

क वर्षपछि दसैँमा यसपाली गाउँ पुग्दा त्यहाँ निकै बदलीका चिन्हहरू देखेँ । गाउँको कोल्टे फेराइ तर सारमा होइन, रूपमा मात्र थियो । पूर्वी नेपालको भित्री मधेसमा पर्ने उदयपुर त्यसो त चर्चाको हिसाबले कुनै खबरमा नछाएको ठाउँ हुन सक्छ- न भोकमरी छ, न त सम्पन्नताको चुलीमा नै उभिएको छ । जे छ, खान-लाउन ठीक्क मध्यम वर्गको परिवार जस्तो छ । त्यसैले सायद झट्ट याद नहुने पारामा रहेको छ यो भूमि ! तर पछिल्लो समयमा भौतिक सुख-सुविधाको बुई चढेर उदयपुरको ग्रामीण परिवेशले पनि मुहार फेरेछ ।

पहिले-पहिले मुश्किलले साइकल राख्थे घरमा मानिसहरू, अहिले त घरैपिच्छे भने जस्तो मोटरसाइकल राख्‍न सक्ने हैसियतका भएछन् धेरैजसो । यसो हेर्दा यसलाई आर्थिक समुन्नतिकै सूचक नमानी धर भएन । घरको लाठे छोरा, दाजु वा भाइ परदेशमा कमाइ-धमाइको मेलोमा राम्रैगरी लागेको परिणाम पनि होला यस्तो समृद्धि । गाउँघरमा भनेको बेलामा वा आपत पर्दा तुरुन्तै सवारीसाधन नपाइने  अहिलेको समयमा मोटरसाइकललाई  विलासिताको साधन पनि कसरी भन्नु ? तर ती साधनलाई कति सदुपयोग गर्छन् गाउँलेहरू, यो मुख्य कुरो हो जस्तो लाग्यो । कामकाजी मान्छेबाहेकले घरदेखि चोकसम्म रल्लिनका लागि बाइक गुडाएको पनि देखियो । उहिले घरमा टेलिभिजन राख्‍नु जसरी इज्जतको कुरो हुन्थ्यो, अहिले बाइक त्यस्तै शानको साधन बन्न पुगेको अनुभूति गरेँ । विभिन्न सहरमा गएर कमाउनेहरूले दसैँको रामरमाइलोमा तास र जूवा खेल्दा ८०-९० हजार रूपियाँ त सजिलै हार्ने ल्याकत पनि राख्‍ने भएछन् ।

धानखेतहरूमा पक्की घर ठड्याउने लहरले त केही वर्षयता छोपेकै थियो, घडेरी प्लानिङ गरेर चोक्टा-चोक्टामा छुट्याएर राख्‍ने सहरिया चलन पनि सुरु भएछ । बुबा-काकाहरूले कुरा गरेको सुनियो- घडेरीको भाउ दोब्बर-तेब्बर बढेर उत्पात छ । उहाँहरूको आँखामा त्यो खुसी पनि देखेँ, स्थानीय घडेरीको भाउ राजधानीसँग टक्कर गर्दै अकासिएको ।

यिनै बदलीहरूको छिपछिपे प्रसङ्गकै बीचमा माथिका कुराहरूसँग उति सम्बन्ध नराख्‍ने खालका भए पनि गाउँ पुगेको बेला खिचेका केही तस्बिर यहाँ टाँग्दैछु :

 

Chowk चुहाडे चौक, जहाँ भुराभुरीलाई चटपटेदेखि  ठूलाठालुलाई बियर उपलब्ध छ !

 

Flower1 स्वागतम : तिहारको लागि तयार सयपत्री

 

Vegbuy चुहाडे चौकमा तरकारी किन्दै सर्वसाधारण : दसैँमा काउली ७५ रूपियाँ किलो

 

Dhiki छिमेकमा बस्दैआएका खरिगाउँले भिनाजु र दिदी ढिकीमा चामलको पिठो बनाउँदै

 

ping 
केटाकेटीलाई घरैमा पिङ

 

RiskyTravel यसैगरी खाँदखुँद गरी चल्छ यहाँ ट्याक्सीको आवागमन

 

Flower2

फूलबारीमा भाले फूल

8 comments:

  1. Dhaiba Sir,

    I look after these photos which gave me the flashback of may village too. When I left it, it was innocent but now it changed but not in its good part only negatively. Really it looks like my village of Dolakha.Thank you so much for your sweet photographs and best of luck for your excellent photography... Jaya

    ReplyDelete
  2. निकै राम्रा फोटोहरु स्न्याप गर्नु भएको रहेछ .... मेरो गाउको झझल्को आयो !
    विकाश अपेक्षित रुपमा नभए नि .... गाउका स्वरुप र जीवनशैली भने साविक भन्दा केहि परिवर्तन भएका छन् ! धाइबा जी त्यो मैले पनि ... गत बर्ष नेपाल आउदा महशुस गरेको थिए !

    ReplyDelete
  3. लगभग सबै कुरा मिल्दा रहेछन्, आफ्ना तिर को पनि !

    ReplyDelete
  4. राम्रो लेखाइ । सडक सहज भएका सबै गाउँका खबर यस्तै हुन् । फरक यति लाग्यो यिनलाई अनुभव गरेर लेखाइमा पस्कनेका शिल्प चाहि अनुकरणयोग्य छ । जारी रहोस् है

    ReplyDelete
  5. तस्बीर र शब्दहरु दुबैले गाऊँको सजीव चित्र उतारेका छन्|

    ReplyDelete
  6. गाउँ फेरिएकै रहेछ, राम्रैको लागि हो भन्नुपर्यो | रोचक प्रस्तुति |

    ReplyDelete
  7. रमाइलो लाग्यो तपाइको घाउ घुम्न पाउदा ,
    अझै धेरै हेर्न मन थ्यो ( फोटोहरु ) :)

    ReplyDelete
  8. गाउ हुनु पर्ने मा घाउ पो भएछा

    ReplyDelete