Subscribe:

Ads 468x60px

29 June 2011

समयको कालापत्थर

Slipper

तीन करोड टाउकोको सुमेरु पर्वतमा
फनफनी घुम्छन् 
मन्तरेर नजाने दशाहरू 
सिमानामा कक्रक्क जमेका सीमा पिलर
रात-बिहान केही नभनी बरु सर्छन् यता-उता
यी टाउकोहरू
फर्सीको मुन्टा जस्तै बटारिन्छन्
ठाउँको ठाउँ पसारो पर्छन्

जुगौंदेखि हामीले गाएको गीत
गरिबीको रेखाऽऽ
अझै भाका थाकेको छैन
अझै ताल रित्तिएको छैन 
नाघेर ननाघिने रेखामुनि
झुपडबस्तीलाई राखेर
कसले खेलिरह्‌यो आसपास खेल ?


चिनेकै हो देश खाने उनीहरूको सातपत्रे बङ्गारा
कत्तिका लबस्तरो हौ
आकाश थाम्ने मेरै पैंताला भन्छन्
पाताल जमाउने मेरै ज्यान भन्छन् 
उधुमै पो रै’छन्
हाम्रो सहयोगको अञ्जुली थापेर 
हामीलाई नै बेच्ने उद्यम,
उच्चस्तरको देखेछन् बनियाँहरूले 
हाम्रो बजारभाउ ....

देखेनन् उनीहरूले 
मानचित्रमा डाबर झैं उछ्रिएको लाम्चो डाम   
र हाम्रो गालाको गहिरिएको धार
कति टिमिक्क चाउरिएको हो बरै राष्ट्रिय टोपी
छोप्दै छोप्दैन ताछिएको निधार


यस्तो बेला
ढुंगाको बास्ना सुँघ्दै 
शान्त छ बुद्धिजीवी ।

4 comments:

  1. रोचक शैली, सशक्त शब्द र यथोचित सन्देश । एकदमै उत्कृष्ट लाग्यो यो रचना। मैले फेसबुक, ट्वीटर सबैमा सेयर गरेँ है !

    ReplyDelete
  2. साह्रै दमदार, साह्रै चोटिलो समय सापेक्ष उत्कृष्ट रचना !

    ReplyDelete
  3. Wonderful satirical poem...

    Keep on writing :)

    ReplyDelete
  4. माथीको सबै त्यो सशक्त, तिखो, धारिलो, खँदिलो, गहिरो........ (यस्तै यस्तै जे जे भनेपनि)............... लेखाई; सप्पै बाद गरे नि भो मेरो लागी ।

    मैले त कविता यहाँ भेटाएँ -

    ..यस्तो बेला
    ढुंगाको बास्ना सुँघ्दै
    शान्त छ बुद्धिजीवी ।

    वाह !

    ReplyDelete