Subscribe:

Ads 468x60px

22 August 2008

म एउटा श्रद्धाञ्जलि

ठेट्ना मनहरूले चपाएका
मिहीन सपनाहरूबाहेक
केही रहने छुइनँ म

माझी घामले बिछ्‌याएको जालमा
पर्छु एकाबिहानै,
फेरि बैशाखी भाँच्चिएको एउटा दिन
घोप्टिएपछि अँध्यारो नालीभित्र
गुटमुटिन्छु सम्साँझै

कसैको निम्तोमा
छिर्छु ढोकाबाट
र पुग्छु 'धोका'सम्म
कहालिन्छु छेपाराको पुच्छरमा
पलपल तुन्द्रुङ्ग
झु
न्डि



सन्दुकभरि
छाडेर जानेछ कसैले
आफ्नै जीवन-इतिहासको झुत्रे तन्नैतन्ना,
छाडेर जानेछ-
पलङमा सँगै लडीबुडी खेल्ने
पिउसो 'टोमी डग'

पूर्ववत्
सबैसबै यी रहनेछन्,
मै पो केही रहिनँ
सिबाय- एउटा श्रद्धाञ्जलि
तिमीले सायद भोलिकै अखबारमा
ढकमक्क फूलका ल्याप्चे दायाँ-बायाँ डामेर
अर्पण गर्न पर्खिरहेको...

एक-एक थान श्रद्धाञ्जलि,

बाँकी त
केही रहने छुइनँ म ।

बैशाख २५ बुधबार, २०६५
नक्साल ।

5 comments:

  1. i read your blog its too nice from other, also creative,respected friend you know that from your blog u generate thousands of dollars on net,its free,no scam,100% geniune
    just go to http://www.noinvestmentbusiness.blogspot.com

    ReplyDelete
  2. This comment has been removed by a blog administrator.

    ReplyDelete
  3. Dear anonymous,
    poisa n Buddhi kharcha garera yati lekhidiyekoma dherai aabhari chhu. pheri pheri pani darsan pairahun.

    ReplyDelete
  4. सुन्दर लाग्यो धाइबाजी यो कविता। प्रयोग गरिएका बिम्बहरुले राम्रै प्रभाव छोडेका छन्। सबैभन्दा घत परेकोचाहिँ शुरुकै यो टुक्रो हो।

    ठेट्ना मनहरूले चपाएका
    मिहीन सपनाहरूबाहेक
    केही रहने छुइनँ म----

    अब छूचो मुखबाट केहि। यो कविताको भाव या आशय जे भनौं, अत्यन्त निराशाजनक र 'अन्धकार' लाग्यो। दोश्रो, यो विषयवस्तु, 'म हिँडे, म बाँकी छैन तर अरु सबै बाँकी छन्' भन्ने, अथवा कम्तिमा यो विषयवस्तुमाथि कविता लेख्ने यो शैली अलि पूरानो र दोहरिएको लाग्यो।

    छूचो मुख खोलिहालें, अन्यथा नलिनुहोला।

    ReplyDelete
  5. वसन्तजीको छुचो मुख मलाई असाध्यै प्रीतिकर पो लाग्यो । मन खोलेर हाकाहाकी यसैगरी लागेका कुरा टिप्पणीमा पाएमा हामी सबै ब्लगरहरूलाई सुधारको बाटो मिल्थ्यो कि ? अक्षरैपिच्छे सराहनाको गान सुनी एकछिनको लागि कालो फुली लगाएर नाच्नु त अलि लाजमर्दै हुन्छ ।
    आंशिक रुपमा कविता मन पराइदिनुभएकोमा म चाहिँ तपाईँलाई फुल भोल्यूमको सादर धन्यवाद दिन्छु है । अब तपाईँकै शब्दमा 'छुचो मुख'लाई मेरो तर्फको समाधानकारी कुराउनी पस्किन्छु है ! यो औपचारिक जवाफी कारवाही मात्र लेखिरहेको छुइनँ ।
    र् सर्सर्ती कविता पढ्दा भाव नकारात्मक रुपमै छ यस श्रद्धाञ्जलि कवितामा । तर नकारात्मक आशय पूरा रुपमा नकारात्मकै रुपमा हुन्न रहेछ, त्यसलाई व्यङ्ग्यार्थ पनि सबल तुल्याउन सकिँदो रहेछ भन्ने मलाई यही कविता लेख्दा बोध भयो । र यो त भन्नु परोइन, लेखकबाट लेखिएकै र सोचिएकै भावमा पाठकमा त्यसको दुरुस्तै र पूरा अर्थ लाग्ने कुनै टुङ्गो हुँदैन । वियोगपूर्ण विषयवस्तु, त्यसमा पनि आत्मकेन्द्रित कुण्ठा र विरहको बकबक हाम्रो साहित्यमा छरपस्टै छन् । संसार ज्यूँ का त्यूँ लहलह छ, केवल म सुकेर सकिएँ, म केही छँदै छैन भन्ने भाका पनि पुरानै अक्षरखेती भएर रहिरहेछ । यो विषय अझै साहित्य लेखिएसम्म संसारभर निरन्तर लेखिँदै जानेछ जस्तो लाग्छ । कारण, एक्लोपनको अनुभूति र व्यक्तिभित्रको रिक्तताबोध आगामी युगका पुस्ताले पनि अवश्य गर्नेछ । तर मेरो आशय अलि फरक छ ।
    यस कवितामा फेशनेवल हुँदै गएको समाजको चित्रणमा मैले आफैँलाई श्रद्धाञ्जलि पोउने अपेक्षामा राखेको छु । आजको समाज यति औपचारिक भएको छ, हतारोमै काम मैजारो गर्ने ध्याउन्न सबैतिर छ । सम्बन्धको कडी पनि लेनदेन र त्यो पनि देखावटी कारोबारमा जोडिएको पाइन्छ । कतिसम्म भने, 'जब मर्लास्, एउटा श्रद्धाञ्जलि अखबारमा चढाऊँला' भनेझैँ। आत्मीयताको मापन रङ्गीन, ठूलो विज्ञापनको बाकसबाट हुनपुगेको छ । त्यस सवालमा, एउटा मान्छेको मूल्य आजको समाजको औपचारिक श्रद्धासुमनको तँछाडमछाडअघि ज्यादै सस्तो बन्नथालेको छ ।
    यत्ति हो मैले कवितामा सुनाउन चाहेको कुरा ।

    ReplyDelete