Subscribe:

Ads 468x60px

13 March 2011

हिमचुचुरामा छैन मैले टेकेको …

फोटोहरूको हिमाल आरोहण निकै पटक गरियो । टेलिभिजनमा प्रसारण हुने वृत्तचित्र, बजार र चोकमा टाँसिएको पोस्टकार्ड र पम्प्लेटबाटै हिउँ छोएर लुगलुग काँपियो । तर अहँ, सर्वोच्च शिखर सगरमाथा भएको मुलुकको बासिन्दा भएको डिङ मात्र हाँकियो अहिलेसम्म, हिउँ छुन पाएको छैन । हिउँ छुन नपाएको पनि कसरी भन्नु ? त्यतातिर केही जाँगर नै चलाइएन ।  कहाँ-कहाँबाट विदेशीहरू आएर नेपालका कुना-कन्दरामा छाङ मारिसके, आफू भने आफ्नै जिल्लाको चार कुना भेउ नपाएर लाजमर्दो स्थिति हुन्छ । झन् काठमाडौँ खाल्डोमा भासिएपछि त भ्यागुता जति उफ्रियो कान्लामुनिको कान्लामुनि नै भनेजस्तो दुर्दशा हुने रहेछ ।

हिमाल आरोहणमा नेपालमा शेर्पा जातिको बाहुल्य छ । तिनले पनि गाइड र भरियाको रूपमा कमाइ गर्न जानुपर्ने बाध्यतावश हिमालसँग नजिकिने अवसर पाए । नत्र हिमालको काखमै लडिबुडी खेल्दै हुर्किने शेर्पाहरूमा हिमाल भन्नु आरोहण र सफलताको साहसिक नाम हो भन्ने साहसले हाँक दिने थिएन होला । म जस्ता धेरै मान्छे होलान्, जसलाई वर्षायाममा राजधानी र अन्य पहाडी भेगको आसपास पर्ने हिउँसँग जिस्किने मेलोमेसो पनि खै किन जुर्दैन । अनि तिनै तस्बिर र वृत्तचित्रमा देखिने हिमटाँकुरा र हिउँका डल्लाहरूमा काल्पनिक कुश्ती खेल्दै कुतकुतिन विवश भइन्छ ।

तलका दुई तस्बिर भने गोरखा दरबारको गोरखनाथ मन्दिरको थुम्को उक्लिँदा पुस महिना ताका खिचेको हुँ । तपाईँ पनि तस्बिरमै भए पनि हिउँचुलीमा टहलिनुस् एकछिन !

निक्खर सेतो हिमाल मात्र के राम्रो छेउछाउमा हरियाली नभए ?

 

अझ नजिकबाट छिल्लिने जमर्को

4 comments:

  1. जीवन जी तपाइँ लाइ र मलाइ उस्तै कुराको न्यास्रो लाग्या रहेछ !
    मुन्छे ले यहाँ मरुभूमिमा त हिउ सँग खेली सके आबु हामि भने नेपालमा , त्यो पनि सगरमाथाको देशका नागरीक् , कत्रो गर्वका साथ भन्न सक्छौ तर एक पटक नि ...हिउ सँग जम्काभेट गर्ने मौका जुराउन सक्या होइन !
    तस्विर निकै सुन्दार छन् !

    ReplyDelete
  2. धाइबा जी, यस पटक छोटो तर निकै मनपर्यो । गोरखा दरबारसम्म त म पनि पुगेकै थिएँ तर यो अवलोकन गर्ने अवसर उसबेला जुरेन । काम विशेष फेरि समयाभाव भनूँ । तर तपाईंको यो पोष्टले फेरि मलाई त्यहीँ पुर्याएरै छाड्यो ।
    पोष्ट र फोटो दुबैका लागि तपाईंलाई हार्दिक धन्यवाद ।

    ReplyDelete
  3. सानैमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको "के नेपाल सानो छ?" पढ्दा त्यो केवल भावनात्मक वा प्रतीकात्मक मात्रै भएको जस्तो लागेको थियो । तर पछिल्लो समयमा आफैं पनि देशका कुनाकानीमा पुग्न थालेपछि मलाई त्यो प्रतिक हैन वास्तविक लाग्न थालेको छ । माथिका दुई तस्विर मात्रै पनि हाम्रो विशालता झल्काउन काफी छन् ।

    हिउँ बेला-बेलामा छोए पनि हिमाल छुने धोको भने मेरो पनि पुगेको छैन् ,ल यहीबाट भए पनि हेरेँ :) दामी !!!

    ReplyDelete
  4. राम्रा राम्रा तस्वीरको लागि धन्यबाद !

    ReplyDelete