July 11, 2008

हाम्रो फ्युजन (कविता)

- अनिता


सिङ्गो तिमी
सिङ्गो म
कोरिएका रेखाहरू
मेटिँदै जाँदा
थाहै नपाई आधा-आधा भएछौँ

आधा तिमी
आधा म
थाहै नपाई हामी भएछौँ
शब्दको संयोजनझैँ
विलीन चित्रझैँ
हाम्रो फ्युजन
निकै राम्रो !
निकै अनुपम !!

सानेपा, ललितपुर ।

1 comment:

  1. अहो कस्तो गज्जबको कविता नि, अनिता जी। हाम्रो LiFe बाट CaFe मंगलम्, अनि CaFe मंगलम्‌भित्रको 'हाम्रो फ्यूजन'! यी हरफहरु जुन अर्थ र भावनामा मडारिएर सृर्जित भएपनि मलाई असाध्यै मन परे।

    सिङ्गोबाट आधा हुनु, आधा-आधा मिलेर 'हामी' हुनु, अनि त्यसैको फ्यूजन अति अनुपम हगि? क्या कमाल कुरो।

    ReplyDelete