Subscribe:

01 April 2008

जोतारे धाइबा + जीवन कार्की >>

Profileजोतारे धाईबाभन्दा पनि पहिले उही व्यक्ति तर फरक नाम  ‘जीवन कार्की’लाई जानौँ ।

जीवन पत्रकारितामा संघर्षशील एक युवा हो । हाल कान्तिपुर टेलिभिजनमा जुलाई २००९ देखि जुनियर सब इडिटर पोस्टमा समाचार विभागमा कार्यरत छ । रुचिको विषय छापा पत्रकारिताअन्तर्गत विशेषत: फिचर लेखन भए पनि ब्रोडकास्टिङ मिडियाको अनुभवमा पनि पारङ्गत हुनु आवश्यक लाग्दैछ । पत्रकारितामा आउनुको पृष्ठभूमि साहित्य भएकोले पहिलो प्रेम साहित्यलाई नै मान्छ । केही समय विभिन्न साप्‍ताहिक पत्रिकाहरूमा संवाददाताको रूपमा काम गरेको उसले आफ्नो गन्तव्य पत्रिकामै काम गर्नु सोचेको छ ।

जीवन 1984 (Sep 6) मा सर्लाही जिल्लाको राइटरखोर गाउँ (मामाघर) मा जन्मिएको हो । मूल बसोबास उदयपुर जिल्लाको त्रियुगा नगरपालिका – १२ मा कार्की परिवारमा हो ।  त्यहीँ उसको बाबा-आमा र अन्य नातेदार बस्ने गर्नुहुन्छ । जीवन उच्च शिक्षा अध्ययनको सिलसिलामा २०५८ सालमा राजधानी काठमाडौँ आएको हो । त्यस समयदेखि ऊ राजधानीकै बसाइमा छ ।

स्कुले शिक्षा गृहजिल्ला उदयपुरमै पूरा भयो । विद्यालय पढ्दादेखि नै साहित्य र अनौपचारिक अध्ययनतिर अभिरूचि राख्‍ने उसले त्यसै क्रममा आफ्नो नाम  राख्यो: जोतारे धाइबा । त्यो नाम उसले आफूलाई सेवा र लगनसँग जोडेर राखेको थियो ।  नयाँपनको खोजीमा उसले राखेको नामबारे अचेल धेरै जना चासो राख्छन्, तर खास उसले काम चाहिँ के हो र कस्तो गर्दैछ, मान्छेहरूको उत्सुकता त्यतातिर नडोरिएको  हो कि भन्ने लाग्छ उसलाई । साहित्यिक लेखनमा उसलाई मन पर्ने विधा कविता हो । पढ्न भने विषयवस्तु हेरी  हरेक विधा उसलाई रुचिकर लाग्छ । नेपाली भाषामा उसको दखल र लगाव ज्यादा देखिन्छ । उसलाई फोटोग्राफीमा पनि चासो छ ।

Blog !

नोभेम्बर 2006 मा ब्लगमा खाता खोले पनि उसले ब्लग लेख्‍न सुरु गर्‍यो अप्रिल 2008 देखि ।
अभिव्यक्तिको नयाँ बाटो खोज्ने क्रममा ब्लग उपयोगी र सहयोगी साबित हुन्छ जस्तो लागेर प्राविधिक ज्ञान नहुँदा नहुँदै पनि सुरु गर्‍यो । ब्लगमा उसको झुकाव र रुचिको मूल कुरा साहित्य हावी देखिन्छ । जुन ऊ टार्न खोजेर पनि टार्न सक्दैन । तर बिस्तारै समय-सान्दर्भिक बन्दै जाने र ब्लगलाई पनि पठनीय आकारमा ढाल्दै जाने सोचले उसले पछिल्लो समयमा हरेक विषय र सन्दर्भमा आफ्नो अनुभव र विचारहरू बाँड्न थालेको छ ।

News-RoomAt work

Contact :
Email : dhaibaji@gmail.com / life.dhaiba@yahoo.com / dhaibagvn@hotmail.com
You may also find me on Twitter  and Facebook
Call : 01-4466300, 4493490  [Office],   Fax: 9771-1-4466321
Mailing address : Kantipur Television, Tinkune Subidhanagar, Kathmandu, Nepal.
--------------------------------------------------------------------------------------------------------
  • एक थोपा समुद्र
समुद्र बन्ने ध्याउन्नमा हामी थोपाहरू गुडुल्किँदै बग्छौँ । कहिले योजनाबद्ध, कहिले मनमौजी । प्राय:जसो, बनाएको योजनाअनुसार लिक नचल्दा कतै बाटै नबनाउँदा पो गति ठीक रीतले अघि बढ्ने हो कि भन्ने भ्रमले हामीलाई छोप्छ । र हामी नबनाएको बाटोमा पैँताला खियाउँछौँ । नबनाएको योजनाका खातामा जिन्दगीको योगफल रच्न बुकुर्शिन्छौँ । जति दौडिए पनि, जता चाल मारे पनि आखिर हामी थोपा !
कहिले भीडमा पिसिएर लाखापाखा लागे जस्ता सपनाका हाम्रा भरियाहरू । कहिले निकै चुलीमा पुगेर झण्डा फहराए जस्ता हाम्रो जोसका आरोहीहरू । तब लाग्छ- हामी एक मात्र पात्र त हुँदै होइनौँ । र बहुपरिचय हाम्रो एउटा अनुहारसँग जोडिएको छ । यसैले सपनाको भरियालाई चुइँचुइँ हिँडाइरहन्छौँ, जोशका आरोहीहरूलाई होस्टे बोलीमा काँध दिएर ठेलिरहन्छौँ । यात्रा त शङ्खेकीराले पनि गरेकै हुन्छ ।  तर हाम्रो सपना र जोसको यात्रामा कतै पुग्ने-नपुग्ने ठेगानाको तारतम्य गाँसिएको हुन्छ, यस्तोमा ठेगाना किटेरै पनि हामी कतै पुग्न पनि सक्छौँ र नपुग्न पनि । हामी थोपाको के निश्‍चितता ?
‘गागरमा सागर’ भनाइ धेरै सुनिन्छ । थोपाको एक झुप्पा योग: गागरमा हामी अलि ठूलो थोपाको पहिचान देख्छौँ । हामीलाई लाग्छ सपना र परिचयको मैदान अझै सेलाइसकेको छैन । ‘वैज्ञानिकहरूले सबै कुरा आविष्कार गरिसके र मात्र, नत्र मैँ पनि के कम हुँदो हुँ’ भन्ने झोँकमा च्याट्ठिने हामीमध्ये कतिपय युवा हुँदा हौँ । एउटा-एउटा विद्रोहको ज्वारभाटाले हाम्रो मस्तिष्कको मुलायम भित्तामा कति-कति लात मार्दा हुन् । एकै थोपा हामी भए पनि कहाँ चुप लागेर बस्न सकौँला !
यसैले,
हामी थोपा मात्र त हुँदै होइनौँ, समुद्र हौँ समुद्र – एक थोपा समुद्र ।



5 : Comments:

  1. सार्है रार्मो लाग्यो!

    ReplyDelete
  2. "हामी थोपा मात्र त हुँदै होइनौँ, समुद्र हौँ समुद्र – एक थोपा समुद्र ।"

    ReplyDelete
  3. Rachana BhattaOct 24, 2010 12:56 AM

    Nicely done............
    Wish you a successful life ahead: equally in journalism and literature...........

    ReplyDelete
  4. भाव सुन्य म पनि होइन, शब्द म पनि ओकल्न सक्छु तर शब्दशिल्पी जोतारे धाइबाले कुन साँचोमा हालेर खिप्दाहुन् ती खिरिला शब्दहरु ।
    शुभकामना उज्ज्यालो आगतको !

    ReplyDelete
  5. हुन त धेरै फुर्क्यायो भने मान्छे मात्तिन्छ भन्छन, तर मलाइ शव्दसँग खेल्ने र बुन्ने कसैको शिल्पशैली साह्रै मन पर्छ भने त्यो हो - जोतारे धाइबा ।

    ReplyDelete

۞ तपाईँको रचनात्मक प्रतिक्रिया र आलोचनालाई हार्दिक स्वागत छ -