Subscribe:

Ads 468x60px

23 July 2008

मीठो घाउ (कविता)

हे प्रिय,
मलाई पर्खिरहेका तिमी
मायाले भरिएको तिम्रो मन
निर्दोष, भावुक अनुहार
तिम्रो सामीप्यमा पुलकित भइरहेकी छु
तिम्रो निःशब्दताले तानिरहेछ ।

पहिलो सम्बोधन
उकुसमुकुस मनमा निस्सासिएर
बल्लबल्ल स्वतन्त्र भएका शब्दहरू
अबोध बालकको हठ
सामुन्नको ऐनामा देखिरहेकी छु ।

सहयात्राका दरिला पाइलाहरू
पहिलो स्पर्श
पहिलो चुम्बन
लाजले झुकेका मेरा यी आँखाहरू
कुनै सामान चोरेर भागेझैँ भागेकी म,
हामीले बिताएका हरेक क्षणहरू
भित्रभित्र खुसीको फोहोरा छुटिरहेछ ।

तर ईर्ष्याले भित्रभित्रै जलेको
मेरो यो दिमाग चिच्याइरहेछ,
तिमी म भन्दा धेरै टाढा छौ ।

- सानेपा, ललितपुर ।

2 comments:

  1. " अनित्य राग , अनित्य वैराग " यस्लाई कसरी परिभाषित गरेको लेख्नुभएको छ कुन्नि तर हाम्रो जीवन भने संधै नित्य र अनित्यको बिचबाट अनि राग र वैरागलाई चिर्दै हिंड्छ है । आज पहिलो पाईला हालें यो ब्लगमा मनपर्यो र साईनो जोड्न लाग्दैछु यो प्रतिक्रिया मार्फत । मैले आफ्नो ब्लगमा पनि लिँक राखें । आउंदै गर्छु । धाईवाजी संग ब्लग मार्फत संगत गर्न पाउने भएर फुरुङ्ग छु ।

    ReplyDelete
  2. सुन्दर कविता! एउटी प्रेमिकाको मनोदशालाई साँच्चै अत्यन्त सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ अनिताजीले।
    अरु पनि पढ्न पाउने आशा गर्दछु।

    ReplyDelete